रोमानियासँग नेपालले गर्‍यो श्रम सम्झौता - Chaitanya News
  • 2026-05-26
  • 22:42:46
  • मंगलबार,जेठ १२, २०८३
  • रोमानियासँग नेपालले गर्‍यो श्रम सम्झौता

    रोमानियासँग नेपालले गर्‍यो श्रम सम्झौता

    काठमाडौं– युरोपियन मुलकु रोमानियासँग नेपालले श्रम सम्झौता गरेको छ। श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री श्री शरत सिंह भण्डारी र रोमानियाका श्रम मन्त्री सिमोना बुकुरा अप्रेस्कु बीच आज द्विपक्षीय श्रम समझदारीमत्रमा हस्ताक्षर भएको हो।

    नेपाल र रोमानिया बीचको कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्ष पछि दुई देशबीच श्रम सम्झौता मन्त्रालयले जनाएको छ।

    सम्झौता अनुसार नेपालमा रोमानियाका लागि राजदूतावास स्थापना गर्ने, आप्रवासी कामदारको माग प्रमाणीकरण, प्रवेशाज्ञा जारी गर्न लाग्ने गरेको लामो समयावधी तथा श्रम स्वीकृतिका कार्यलाई थप सरलीकरण गर्न, रोमानीयमा नेपाली श्रमिकहरुका लागि संभावित सिपयुक्त श्रम वजारको पहिचान गर्नका साथै महिला श्रमिकहरुलाई समेत लक्षित गरि सुरक्षित वैदेशिक रोजगारलाई संयोजन गर्ने जस्ता कार्यलाई प्राथमिकतामा राखी आपसी सहकार्य गर्ने चाहाना रोमानीयाको छ।

    नेपालको तर्फबाट प्रतिनिधिमण्डलमा सहभागी मन्त्रालयका सचिव केवल प्रसाद भण्डारी, रोमानीयाका लागि अवैतनिक वाणिज्यदूत नवराज पोखरेलको सहभागिता रहेको थियो।

    सम्झौता पछि मन्त्री भण्डारीले नेपाली कामदारसँग सरोकारका विषयहरु र द्विपक्षीय श्रम समझादारीका आवश्यकता र प्रभावका वारेमा प्रस्तुत गरेका थिए। रोमानीया पक्षबाट नेपाली कामदारको हक,हित सुरक्षा कायम गर्ने प्रतिवद्वता व्यक्त भएको थियो।