अर्थमन्त्री महतले भने: सरकारलाई थोरै स्रोत साधनले धेरै काम गर्नुपर्ने चुनौती र दबाब छ - Chaitanya News
  • 2026-07-13
  • 13:29:24
  • सोमबार,आषाढ २९, २०८३
  • अर्थमन्त्री महतले भने: सरकारलाई थोरै स्रोत साधनले धेरै काम गर्नुपर्ने चुनौती र दबाब छ

    अर्थमन्त्री महतले भने: सरकारलाई थोरै स्रोत साधनले धेरै काम गर्नुपर्ने चुनौती र दबाब छ

    काठमाडौँ– अर्थमन्त्री प्रकाशशरण महतले सरकारलाई थोरै स्रोत साधनले धेरै काम गर्नुपर्ने चुनौती रहेको बताएका छन्।

    आज (शुक्रबार) काठमाडौंमा आयोजित सार्वजनिक निजी साझेदारी मार्फत नेपालमा एचपीभी खोपको प्रवर्द्धन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले थारै स्रोत र साधनलाई प्राथमिकताको आधारमा प्रयोग गर्नुपरेको समेत बताए।

    उनले भने, ‘स्वास्थ्यको विषयमा कुरा गर्दा आवश्यकता अत्यन्त धेरै स्रोत र साधन भने न्यून छ। थारै स्रोत र साधनलाई प्राथमिकताको आधारमा प्रयोग गर्नुपर्ने चुनौती सरकारको अगाडि छ। ’

    उनले पाठेघरको मुखको क्यान्सर उन्मूलन गर्न एचपीभी यो खोप हरेक महिला दिदीबहिनीहरूको पहुँचमा पुर्‍याउन आवश्यक भएको बताए।

    स्वास्थ्य क्षेत्रमा लगानी गर्नु पर्ने कुरामा थप दबाब बढेको उनको भनाई छ।