पहुँच पुग्ने ठाउँमा मात्रै बजेट विनियोजन भएको अवस्थाको अन्त्य गर्नुपर्छ : अर्थमन्त्री महत - Chaitanya News
  • 2026-05-26
  • 22:43:39
  • मंगलबार,जेठ १२, २०८३
  • पहुँच पुग्ने ठाउँमा मात्रै बजेट विनियोजन भएको अवस्थाको अन्त्य गर्नुपर्छ : अर्थमन्त्री महत

    पहुँच पुग्ने ठाउँमा मात्रै बजेट विनियोजन भएको अवस्थाको अन्त्य गर्नुपर्छ : अर्थमन्त्री महत

    काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले आगामी बजेटको तयारी अहिलेदेखि नै गर्नुपर्ने बताएका छन्। आज (शुक्रवार) ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले पहुँच पुग्ने ठाउँमा मात्रै बजेट विनियोजन भएको अवस्थाको अन्त्य गर्नुपर्ने र आवश्यकताका आधारमा बजेट विनियोजन हुनुपर्नेमा समेत जोड दिए।

    महतले सबैभन्दा धेरै जनसंख्यालाई प्रभाव पार्ने र शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका आवश्यक क्षेत्रको पहिचान गरी आगामी वर्षको बजेट विनियोजन हुनुपर्ने आवश्यकता रहेको बताए। उनले सबैभन्दा चाँडै प्रतिफल दिने विषयलाई प्राथमिकतामा राख्न आवश्यक रहेको पनि बताए।

    ‘सरकारले आउने बजेटको तयारी अहिलेदेखि नै गर्नुपर्छ। त्यो गर्दा हाम्रा आवश्यकता के के छन् रु सबैभन्दा ज्यादा जनसंख्यालाई प्रभावित गर्ने, प्रभाव पार्ने विषय के छन् रु सेक्टर के छन् रु उपसेक्टरहरु के छन् रु चाहे स्वास्थ्यको,चाहे शिक्षा, पूर्वाधार विकासको क्षेत्रमा होस्, त्यसलाई मध्यनजरमा राखेर हामीले सबैभन्दा ज्यादा प्रभाव पर्ने विषय, सबैभन्दा चाँडै प्रतिफल दिने विषयलाई प्राथमिकतामा राख्नुपर्छ’ उनले भने, ‘त्यही किसिमबाट श्रोतको पहिचान गर्नुपर्छ। यसमा सरकार मात्रै आफैँले मात्रै गरेर सम्भव छैन।’

    उनले सामाजिक सुरक्षाका दायित्व र वैदेशिक ऋणको दायित्व बढीरहेको बताए। अर्थमन्त्री महतले श्रोत तथा साधन न्युन र आवश्यकता धेरै भएको भन्दै त्यसलाई चिरेर काम गर्नुपर्ने आवश्यकता रहेको बताए।

    ‘हाम्रा सामाजिक सुरक्षाका दायित्व बढिरहेका छन्, तलव भत्ता आदि इत्यादि कम गर्नसक्ने अवस्था छैन। वैदेशिक ऋणको दायित्व पनि बढ्दैछ’ अर्थमन्त्री महतले भने, ‘स्वास्थ्यको कुरा गर्ने बित्तिकै हाम्रा आवश्यकता अत्यन्त ज्यादा र हाम्रो श्रोत तथा साधन न्युन छन्। त्यसको बीचमा हामीले काम गर्नुपर्ने जरुरी छ। आवश्यकता धेरै छन्। साधन श्रोत थोरै छ। त्यो थोरै साधन, श्रोतलाई कसरी प्राथमिकताका साथ हामीले त्यसलाई खर्च गर्ने रु त्यो चुनौती सरकारको अघि छ। त्यसैले हामीले स्वास्थ्य क्षेत्रमा कुन सबैभन्दा धेरै महत्वपूर्ण कुरा हो रु सबैभन्दा ज्यादा जनसंख्यालाई के कुराले प्रभावित गरिरहेको छ। हामीले अत्यन्त इफिसेन्सीकासाथ र प्राथमिकताकासाथ हामीले साधन र श्रोतको उपयोग गर्नुपर्ने अवस्था छ। अहिलेसम्म त्यस्तो गर्न सकेका छैनौँ।’

    मन्त्री महतले थोरै श्रोत, साधनलाई प्राथमिकताका साथ कसरी खर्च गर्ने भन्ने चुनौति सरकारसँग रहेको बताए।