काठमाडौं– १९औं एसियाली खेलकुदका लागि चाइना गएको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ।
चाइनामा रहँदा नेपाली टोलीले समूह चरणमा सतप्रतिशत जितसहित क्वाटर फाइनलको यात्रा तय गरेको थियो।
पहिलो खेलमा मंगोलियाविरुद्ध टी(२० आईमा रेकर्डैरेकर्ड बनाएको नेपाली टोलीले दोस्रो खेलमा पनि माल्दिभ्सलाई फराकिलो अन्तरमा पराजित गरेको थियो।
क्वाटर फाइनलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्यो। तर, पराजित भएपछि अघिल्लो चरण जानबाट बञ्चित हुँदै नेपाल फर्किएको हो।