द्वन्द्वको परिभाषा गर्दै नेपालको सामाजिक र सांस्कृतिक रुपान्तरण गर्न केकस्तो व्यवस्थाको आवश्यकता रहेको छ? आफ्नो धारणा प्रस्तुत गर्नुहोस्। १०
द्वन्द्वको परिभाषा
• मानिसहरू, समूहहरू, संगठनहरू वा विचारहरूका बीचको विवादको अवस्था
• तनाव (Tension), संघर्ष (Friction) , बेमेल को अवस्था, जुन एक आपसमा सम्बन्धित वा आश्रित व्यक्ति वा समूहबीच सृजना हुन्छ। यो वैयक्तिक, साँस्कृतिक, सामाजिक, राजनीतिक कारण वा दृष्टिकोणका अन्तरका कारण सिर्जना हुने गर्दछ। यो प्रतिष्पर्धा नभई प्रतिद्वन्दिता हो।
• दुई वा सो भन्दा बढी व्यक्ति वा समूहबीच विचार, आवश्यकता र स्वार्थमा हुने विभिन्नताका कारणबाट सिर्जित मनोमालिन्य वा झगडा,
• द्वन्द्व यस्तो प्रकृया हो जुन एउटा व्यक्ति वा समूहलाई अर्को व्यक्ति वा समूहले आफ्ना सरोकारका विषय हरू बिगार्न लागेको छ भन्ने कुरा लागेकोबाट शुरु हुन्छ। मेन चेस्टर विश्व विद्यालय अर्काको स्वार्थ, लक्ष्य, उद्देश्य प्राप्त हुन नदिने प्रयासबाट द्वन्दको सुरुवात हुन्छ।
नेपालको सामाजिक र सांस्कृतिक रुपान्तरण गर्न केकस्तो व्यवस्थाको आवश्यकता रहेको छ?
• के हो सामाजिक रुपान्तरण?
• समाजमा रहेका विभिन्न वर्ग, लिंग,जाति, क्षेत्र र समुदायहरूमा आउने सकारात्मक चेत सहितको व्यवहारिक परिवर्तनलाई सामाजिक रुपान्तरण भनिन्छ। यो समाजमा रहेका असमान व्यवहार, चलन, क्रियाकलाप र नियम कानुनलाई विस्थापित वा क्रमिक सुधार गरी समाजलाई समानता र समृध्दिको दिशावोध गराउने प्रक्रियाका अतिरिक्त सामाजिक विकासको आधारभूत पक्ष हो। सामाजिक परिवर्तनको प्रबन्ध गर्न र समाजको भावी विकास तथा व्यवहारलाई नियमित गर्न राज्यले सुधारात्मक र दण्डात्मक विधिहरूको तर्जुमा, निर्माण र कार्यान्वयन गरेको हुन्छ। खुला प्रजातान्त्रिक राज्यव्यवस्थामा सामाजिक रुपान्तरण प्रक्रिया बहुसंख्यकको सहभागिता, छलफल र जनमतका आधारमा तयार गरिन्छ र कालान्तरमा तदअनुसार सनैसनै समाजले अग्रगामी फड्को मार्ने काम गर्दछ।
• लोकतान्त्रिक मूल्य मान्यताको प्रवद्र्धन, मानवअधिकारको संरक्षणप्रतिको विश्वव्यापि चासो, सूचना तथा सञ्चार प्रविधिको विकास, स्वस्थ्य विज्ञानको क्षेत्रमा भएको अनुसन्धान र विकास, उत्पादन र निर्माणका विधि र साधनमा भएको विकास, शासकीय दर्शनमा आएको परिवर्तन, समावेशी, समविकास र समन्यायमा आधारित समाज निर्माणको वहस, अधिकारमा आधारित विकास अवधारणाको तिव्र माग एवं वैदेशिक संस्कृति प्रतिको चरम आशक्तिपनाले सामाजिक रुपान्तरणको गतिलाई तीव्र बनाएको छ।
• सांस्कृतिक रूपान्तरणः-
• मानिसको समग्र जीवनशैली‚ समुदायबाट वैयक्तिक रूपमा आर्जन गर्ने सामाजिक तथा सांस्कृतिक विरासत, हैसियत‚ सोचाइ‚ चिन्तन‚ सिकाइ‚ अनुभूतिहरू र विश्वास गर्ने पद्धति, सामूहिकतामा र वास्तविकतामा व्यवहार गर्ने शैली, समुचित सिकाइ, तत्कालीन समस्याहरूको विशेषीकृत रूप, अभिमुखीकरण, सिकिएका व्यवहारहरूको कार्यान्वयनका लागि अपनाइने संयन्त्र, बाह्य वातावरण र अन्य अनुकूलताको लागि अपनाइने पद्धति, इतिहासको गति र त्यसबाट उब्जिएका आशा र निराशा, मानक‚ उपमा वा मूल आशयको रूपमा आएका प्रतीक वा व्यवहारहरू जस्ता सांस्कृतिक पक्षमा हुने सकारात्मक परिवर्तन हो।
• सामाजिक रूपान्तरण आफैँमा पूर्ण हुँदैन। सामाजिक रूपान्तरणसँग सांस्कृतिक रूपान्तरण जोडिएर रहेको हुन्छ। सामाजिक रूपान्तरण सांस्कृतिक रूपान्तरणको एउटा अगं मात्र हो। सामाजिक रूपान्तरणमा मानिसहरूबिचको मानवीय क्रियाकलाप‚ व्यवहार‚ क्षमता‚ सरोकार एवं सम्बन्ध गाँसिएको हुन्छ तर सांस्कृतिक रूपान्तरणमा मानिसले अङ्गीकार गर्ने उसका दैनिकीका विषयवस्तुलगायत मानिसका कला, साहित्य, भाषा, धर्म, रीतिरिवाज आदिमा परिवर्तन हुनुपर्छ। अर्को शब्दमा भन्नुपर्दा सामाजिक रूपान्तरणले वर्तमान समाजमा हुने तत्कालको परिवर्तनलाई बुझिन्छ भने सांस्कृतिक रूपान्तरणले दीर्घकालीन परिवर्तनलाई आत्मसात् गरेको हुन्छ।
नेपालको सामाजिक र सांस्कृतिक रुपान्तरण गर्न केकस्तो व्यवस्थाको आवश्यकता रहेको छ?
अत्याधिक विविधताको एकत्वको रुपमा रहेको नेपाली समाज अनेकतामा एकताको शुत्रमा आवद्द छ। बहुलतावाद यहाँको celebration हो। प्रजातीय विविधता, भाषिक विविधता, जाति, जनजातिगत विविधता, प्रादेशिक विविधता, धार्मिक सास्कृतिक विविधताबाट यहाँको मानविय सम्बन्धहरूको समुच्चय हो, यिनिहरू बीचको पारस्पारिकता विशेषता हो। अतः विद्वानहरूले यहाको विविधतालाई web of social relationship का रुपमा लिएको छन्।
यस सम्बन्धमा नेपालको सामाजिक र सांस्कृतिक रुपान्तरण गर्न निम्न व्यवस्थाको आवश्यकता देखिन्छ।
सामूहिक सहभागिता र विचारको भूमिकासहितको समन्वित, परिष्कृत र प्रभावी शासन प्रणाली- लोकतान्त्रिक पद्दति
नागरिक स्वतन्त्रता लगायतका नैसर्गिक अधिकारहरू सीमित वा कुण्ठित गर्न सकिने कठोर शासन प्रणालीको स्थापना र कार्यान्वयन गर्ने कानूनी प्रणाली- कानूनी शासन
स्थापित पुरातन सामाजिक-सांस्कृतिक धरोहरलाई नयाँ विचार र व्यवहारद्वारा प्रतिस्थापन गर्ने सामाजिक र सांस्कृतिक रुपान्तरण सहितको सामाजिक प्रणालीका साथै न्याय, नैतिकता, इमान्दारिता, धर्म र सदाचारमा आधारित समाजिक व्यवस्था
विद्यालय- गुणस्तरिय शिक्षा सहितको सक्षम जनशक्तिको उत्पादन केन्द्र बनाउने र राज्यप्रतिको निष्ठालाई जीवनको अभिन्न अङ्ग बनाउने शैक्षिक प्रणालीको व्यवस्था
दिगो सन्तुलित आर्थिक विकास सहितको पर्यावरणीय- वातावरणीय।
आर्थिक सम्पन्नता अर्थात उत्पादनशील स्रोतहरू माथिको समान पहुच स्थापित गर्ने, क्षमता अभिवृदि/ निर्माण गर्ने सहितका आर्थिक संरचना
देशको शासन र प्रशासनमा हरेक वर्ग र समुदायको प्रतिविम्ब झल्किने, परिष्कृत मनोविज्ञान सहितको प्रशासनिक संस्कार लोकसेवकको ज्ञानसहितको जनकेन्द्रित सरकारी प्रशासन संयन्त्र,
बस्तुगत र तथ्यमा आधारित ABC को धर्म र कर्म, मर्यादापालना सहितको प्रेस जगत
राज्य सञ्चालनमा सबै वर्ग, समुह, क्षेत्रको सहभागिताको सुनिश्चितता गर्ने समानुपातिक र समावेशी प्रतिनिधित्व प्रणाली
नेपाली समाजको बहुलता र विविधतालाई आत्मसात गर्दै अग्रगामी सामाजिक संरचना
छिटो, छरितो, प्रभावकारी, पहुँचयोग्य न्याय प्रणाली
न्यायपूर्ण र समतामूलक समाज, क्षतिपूर्ति सहितको सामाजिक न्याय गाउँ स्तरसम्म झागिँएको प्रभावकारी सामाजिक व्यवस्था
धार्मिक एकता, सहिष्णुता, सदभाव, सम्मान र पहिचानको सुनिश्चितता सहितको धर्मनिरपेक्षता, कर्तव्य वाहकहरू (संरचना, संगठन, जनशक्ति)
अन्त्यमा
अबको आवश्यकता समावेशिता, समानुपातिक प्रतिनिधित्व र आरक्षणका माध्यमबाट गरीवीको कुचक्रमा परेका कमजोर तथा आवाज नभएका सीमान्तकृत तथा विभेदमा परेका समुहको प्रतिनिधित्व गर्ने गराउने संवैधानिक, कानुनी एवं नीतिगत व्यवस्थालाई कार्यान्वयनमा लगि प्रायोगिक रुप प्रदान गर्नु हो। सामाजिक सास्कृतिक रुपान्तरणका लागि समाजमा बिद्यमान रुढिवादी परम्परा, चालचलन, व्यवहारको अन्त्यका साथै आर्थिक सम्पन्नता सहितको अर्थ व्यवस्थासमेत महत्वपूर्ण हुन्छ। यसबाट समाजमा रहेको सौहाद्रता र एकतामा मलजल हुन गई आमजनताको आर्थिक सम्पन्नता र आत्मसम्मानपूर्वक बाँच्ने अधिकारको सुनिश्चितता सम्भव हुन्छ। यसको लागि राजनीतिक दर्शनको व्यवहारिक प्रयोग गर्ने राजनीतिक संस्कृति, अग्रगामी सामाजिक रुपान्तरणको हुटहुटी भएका गैरसरकारी संस्था एवं नागरिक समाज, समानुपातिक प्रतिनिधित्व प्रणालीसहितको उच्चस्तरीय राजनीतिक इमान्दारिता र सोको कार्यान्वयन गर्ने प्रशासनिक संरचना महत्वपूर्ण पात्र हुरु हुनेमा शंका हुँदैन।