सुनको मूल्य तोलामा ४०० ले बढ्यो, चाँदीको मूल्य कति? - Chaitanya News
  • 2026-05-26
  • 21:32:18
  • मंगलबार,जेठ १२, २०८३
  • सुनको मूल्य तोलामा ४०० ले बढ्यो, चाँदीको मूल्य कति?

    सुनको मूल्य तोलामा ४०० ले बढ्यो, चाँदीको मूल्य कति?

    काठमाडौं– आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको बजारभाउ हिजोको तुलनामा ४०० रुपैयाँले बढेको हो।

    आज छापावाल सुनको मूल्य तोलामा १ लाख ७ हजार ३०० रुपैयाँ छ। यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ६ हजार ८०० रुपैयाँ छ। हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ६ हजार ४०० रुपैयाँ थियो।

    यस्तै, आज चाँदीको मूल्य भने लगातार तेस्रो दिन स्थिर कायम छ। महासंघले आज चाँदीको मूल्य प्रतितोला १३ सय १० रुपैयाँ रहेको जानकारी दिएको छ। हिजो बुधबार र मंगलबार समेत यही मूल्यमा चाँदीको कारोबार भएको थियो।