काठमाडौँ– प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित बनेको छ।
विमानस्थल स्रोतका अनुसार बुधबार काठमाडौँ(पोखरा रुटमा कुल ९ वटा उडान भएको छ। त्यसपछि यो विमानस्थलमा उडान प्रभावित बनेको छ।
भरतपुरमा समेत बुधबार १ मात्र उडान भएको थियो। त्यसपछि उडान प्रभावित बनेको छ।
बुधबार तुम्लिङटारका पनि सबै उडानहरु रद्द भएका छन्। निरन्तरको झरीका कारण काठमाडौँदेखि देशैभरको मौसम प्रतिकूल बनेको छ। यसले उडानमा प्रभाव परेको हो।