सरकारले ८ वर्षका लागि १० अर्ब आन्तरिक ऋण उठाउँने - Chaitanya News
  • 2026-05-26
  • 21:31:42
  • मंगलबार,जेठ १२, २०८३
  • सरकारले ८ वर्षका लागि १० अर्ब आन्तरिक ऋण उठाउँने

    सरकारले ८ वर्षका लागि १० अर्ब आन्तरिक ऋण उठाउँने

    काठमाडौँ– नेपाल राष्ट्र बैंकले असोज १९ गते १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ। बैंकले ८ वर्षे अवधिको विकास ऋणपत्र २०८८ ‘ङ’ जारी गर्ने भएको हो।

    आगामी शुक्रबार अर्थात् असोज १९ गते बिक्री हुने विकास ऋणपत्रको बिहीबार दिउँसो ३ बजे बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ। इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले यस विकास ऋणपत्रमा लगानी गर्न सक्नेछन्। तोकिएको अवधिभित्र आवश्यक प्रक्रिया पु¥याएर ऋणपत्रका लागि आवेदन दिन सकिनेछ।

    बैंकका अनुसार कूल बिक्री हुने ऋणपत्र मध्ये ८५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड रुपैयाँ आपसी प्रतिस्पर्धामा बिक्री गरिनेछ भने बाँकी १ अर्ब ५० करोड विनाप्रतिस्पर्धा बिक्री गरिनेछ। खरिदकर्ताले घटीमा ५० हजार रुपैयाँदेखि बढीमा कूल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मका लागि आवेदन दिन सक्नेछन्।

    २०८० असोज १९ गतेदेखि सुरु हुने ऋणपत्र २०८८ असोज १९ गते गते परिपक्व हुनेछ। ऋणपत्रको ब्याज भने अर्धवार्षिक अर्थात् ६÷६ महिनामा प्रदान गरिने केन्द्रीय बैंकले जनाएको छ।