बझाङमा भूकम्प: पूर्वाराजा शाहले गरे दुःख व्यक्त - Chaitanya News
  • 2026-11-19
  • 09:11:54
  • बिहिबार,मंसिर ०४, २०८३
  • बझाङमा भूकम्प: पूर्वाराजा शाहले गरे दुःख व्यक्त

    बझाङमा भूकम्प: पूर्वाराजा शाहले गरे दुःख व्यक्त

    काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहले बझाङमा केन्द्रबिन्दु बनाएर मंगलबार गएको शक्तिशाली भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

    आज (बुधबार)शाहका तर्फबाट संवाद सचिव फणी पाठकले विज्ञप्तिमा भूकम्पले सुदूर पश्चिमी क्षेत्रका विभिन्न जिल्लाहरूमा पुर्‍याएको क्षति र जनसाधारणमा परेको त्रासदीको खबरले गहिरो दुःख लागेको उल्लेख छ।

    ‘ठुलो भूकम्पपछि उत्पन्न पराकम्पको क्रम चलिरहेको यो अवस्थामा त्यहाँ पूर्ण सतर्कता आवश्यक रहेको हाम्रो धारणा छ’, शाहले भनेका छन्, ‘भूकम्पबाट घायल भएकाहरूको शीघ्र उपचार तथा क्षतिबाट प्रभावित घर परिवारको राहत निर्माणतर्फ तत्काल सम्बन्धित सबैको ध्यान पुगोस् भन्ने हाम्रो आग्रह छ।’