कम्मर दुखाइ कम गर्न यस्ता योगासन गर्नुहोस् - Chaitanya News
  • 2026-07-17
  • 01:53:26
  • बिहिबार,आषाढ ३२, २०८३
  • कम्मर दुखाइ कम गर्न यस्ता योगासन गर्नुहोस्

    कम्मर दुखाइ कम गर्न यस्ता योगासन गर्नुहोस्

    – मानिसमा धेरै देखिने समस्यामध्ये कम्मर दुखाइ एक हो। हामीले केही योग आसनहरू गरेर यसलाई कम गर्न सक्छौँ। भुजङासन, सलभासन, मर्कटासनलगायत गरेर यसलाई कम गर्न सकिन्छ।

    – त्यस्तै, अनुलोम–विलोम, भस्त्रिकालगायत प्राणायाम गर्न सकिन्छ।

    – कुनै पनि आसन वा प्राणायाम गर्दा बलपूर्वक गर्न हुँदैन। जोडपूर्वक गर्न हुँदैन। सुरुमा बिस्तारै गर्नुपर्छ। योग्य प्रशिक्षकको निगरानीमा मात्र यी आसनको अभ्यास गर्नुपर्छ।

    – अप्रेसन गरेका बिरामीले डाक्टरको सल्लाह लिएर मात्रै यी आसनको अभ्यास गर्नुपर्ने हुन्छ।

    – योगले शारीरिक र मानसिक रूपमा धेरै फाइदा गर्छ। अस्थिर मनलाई स्थिर बनाउने, अज्ञानताबाट ज्ञानतर्फ तथा दुर्बलताबाट सबलतातर्फ लैजाने काम गर्छ।

    – कम्मर दुखाई मात्रै नभएर अन्य धेरै समस्या नियमित योगले हल गर्छ। पाचन प्रक्रियालाई सहज बनाउँछ। मानिसमा सकारात्मक सोचको विकास गर्छ। आध्यात्मिक जागरण ल्याउने काम गर्छ।

    – योग गर्दा शरीरमा पर्याप्त अक्सिजन आपूर्ति हुन्छ र रक्तसञ्चार राम्रो हुन्छ। शरीरलाई स्फूर्त बनाउने काम गर्छ।