काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी सहयोग परियोजना (एमसिसी)का प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटबीच शिष्टाचारभेट भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा उनीहरूबिच नेपाल–अमेरिका सहकार्यका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ।
सो क्रममा नेपालमा कार्यान्वयन चरणमा रहेका एमसिसी परियोजनाका सम्बन्धमा समेत कुराकानी भएको थियो ।