अख्तियारले विस्तृत अनुसन्धान गरेका ६ सय ५६ वटा फाइल तामेलीमा - Chaitanya News
  • 2026-11-19
  • 08:48:01
  • बिहिबार,मंसिर ०४, २०८३
  • अख्तियारले विस्तृत अनुसन्धान गरेका ६ सय ५६ वटा फाइल तामेलीमा

    अख्तियारले विस्तृत अनुसन्धान गरेका ६ सय ५६ वटा फाइल तामेलीमा

    काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्षमा विस्तृत अनुसन्धान गरेका ६ सय ५६ वटा उजुरी तामेलीमा राखेको छ।

    अख्तियारले राष्ट्रपतिलाई बुझाएको वार्षिक प्रतिवेदनअनुसार आव २०७९–०८० मा २० हजार ९०५ वटा उजुरी आएका थिए। अघिल्लो वर्षबाट सरेको ७ हजार १६२ उजुरी पनि थियो।

    एक वर्षमा १८ हजार ७ सय ७९ वटा उजुरीको प्रारम्भिक छानबिन गरिएको अख्तियारले जनाएको छ। जसमध्ये ११३३ वटा उजुरी उपर विस्तृत अनुसन्धान गरिएको, ७ हजार ८६९ उजुरी तामेली गरिएको, १५२ उजुरी उपर सुझाव दिई तामेली गरिएको र ९ हजार ६४५ उजुरी उपर कानुन बमोजिम अन्य आवश्यक कारबाहीका लागि लेखी पठाइएको अख्तियारको भनाई छ।

    अख्तियारका अनुसार विस्तृत अनुसन्धान भएका उजुरीमध्ये पनि ८७८ वटा तामेलीमा राखिएको छ। १६२ वटामा उजुरीमा मुद्धा दायर भएको छ भने ६३ वटा सम्बद्ध निकायलाई सुझाव दिइएको, २३ वटा मुल्तबीमा राखिएको र २९ वटा अन्य निर्णय भएको छ।