काठमाडौँ–संसदीय समितिले कैद माफी मिनाहाबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जवाफ माग्ने जवाफ माग्ने भएको छ।
आज (सोमबार) समितिको बसेको बैठकले संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट दिएको कैद माफी मिनाहाबारे गृहमन्त्री श्रेष्ठसँग जवाफ माग्ने निर्णय गरेको हो।
समिति सभापति विमला सुवेदीले गृहमन्त्रीको समय हेरेर समितिमा बोलाइने बताइन्। संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट कैद माफी मिनाहा पाउनेमा जघन्य अपराधमा कैद भोगिरहेका व्यक्ति पनि परेपछि विरोध भइरहेको छ।
समितिले बालसुधार गृहहरूको अवस्थामा विषयमा पनि गृहमन्त्रीसँग जवाफ माग्ने निर्णय गरेको छ।