काठमाडौँ– नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र काँग्रेस सभापति शेरबहादुर देउवासँग म्याच फिक्सिङ गरेको बताएका छन्।
आज (आइतबार)एमाले गण्डकी प्रदेशको अधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्। ‘
यस्तै उनले भने, ‘काँग्रेस शोषक, कमिसनखोर र भ्रष्टाचारीहरूको पार्टी हो। आज ‘प्रचण्ड’ सरकारमार्फत कमिसनखोर र तस्करहरू समातेको नाउमा कमरेड प्रचण्डले माधव नेपालसँग म्याच फिक्सिङ गरे। यो मुलुकको प्रधानमन्त्रीसँग शेरबहादुर देउवासँग म्याच फिक्सिङ गरे। हामी सबैलाई थाहा छ। अनुसन्धानको सुइरो एउटा पूर्वप्रधानमन्त्रीको पत्नीतर्फ फर्किन्छ अनि सरकार चुप लागेर बस्छ। सरकार टिकाउन अपराधी लुकाउने कुरामा सम्झौता गरेर सरकार चलिरहेको छ।
उनले अहिले सरकारले भ्रष्टाचार विरोधी अभियानको नाममा नौटङ्की गरिरहेको टिप्पणी गरे। उनले माधवको पार्टी धेरैदिन नटिक्ने दाबी गर्दै एमालेमा प्रवेश गर्नसमेत आग्रह गरे।
उनले ललिता निवास प्रकरणको फाइल फेरि खुल्ने दाबी गरे। उनले भने, ‘लतिला निवास प्रकरणमा छानबिनको ढोका बन्द भएको होइन। यो जनताले फेरि उठाउँछन्। बाबुराम भट्टराई होस् कि माधव नेपाल । जनताको छानबिनको कठघरामा उहाँहरू उभिनै पर्छ।’
उनले अहिलेको गठबन्धन फुटाएर सरकार परिवर्तन नगरी अहिलेको विकृति अन्त्य नुहुने बताए।