एमाले कर्णालीको मतगणनास्थलमा सिटीहलमा तोडफोड - Chaitanya News
  • 2026-11-16
  • 12:15:26
  • सोमबार,मंसिर ०१, २०८३
  • एमाले कर्णालीको मतगणनास्थलमा सिटीहलमा तोडफोड

    एमाले कर्णालीको मतगणनास्थलमा सिटीहलमा तोडफोड

    सुर्खेत– नेकपा एमाले कर्णाली प्रदेशको मतगणनास्थल सिटीहलमा नेरास्ववियुका कार्यकर्ताले तोडफोड गरेका छन।

    वीरेन्द्रनगरस्थित सिटीहलमा प्रदेशको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ

    अधिवेशनको निर्वाचन समितिमा रहेका सत्य शाहीलाई मतगणनास्थलमा प्रवेश गर्न नदिएपछि शाही पक्षधरले सिटीहमा तोडफोडमा गरेका छन्। तोडफोडबाट सिटी हलका सिसा फुटेका छन्।

    सत्य शाही अनाधिकृत व्यक्ति रहेको र जवरजस्त मतगणना स्थलमा घुस्न खाजेपछि प्रहरीले नियन्त्रमा लिएर छोडेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मणबहादुर शाहीले जानकारी दिए।

    विद्यार्थी नेता सत्य शाही अनाधिकृत व्यक्ति मतगणनास्थलमा घुस्न खोजेपछि सामान्य विवाद भएको थियो। उनलाई हामीले नियन्त्रणमा लिई सम्झाइ बुझाइ गरेर छोडेका छौं,’ डीएसपी शाहीले भने।

    मतदानमा ६०९ मत खसेकोमा गणना गर्दा ६०५ मात्रै भेटिएपछि अनेरास्ववियुका नेता शाहीले बिरोध गरेका थिए।

    घटनापछि मतगणनास्थलमा थप प्रहरी परिचालन गरिएको छ। सुरक्षाव्यवस्था कडा पारिएको र मतगणना जारी रहेको डीएसपी शाहीले बताए।