एमालेको प्रथम गण्डकी प्रदेशस्तरीय अधिवेशन सुरू - Chaitanya News
  • 2026-11-16
  • 12:15:31
  • सोमबार,मंसिर ०१, २०८३
  • एमालेको प्रथम गण्डकी प्रदेशस्तरीय अधिवेशन सुरू

    एमालेको प्रथम गण्डकी प्रदेशस्तरीय अधिवेशन सुरू

    पोखरा– गण्डकी प्रदेशको पहिलो प्रदेश अधिवेशन आजदेखि सुरू भएको छ। अधिवेशन पोखराको अमरसिंहमा सुरू भएको हो।

    पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने भनिएको थियो। तर, मौसम खराबीका कारण जहाज चल्न नसक्दा उनी पुग्न सकेका छैनन्।

    अधिवेशनका लागि गण्डकी प्रदेशभरिका करिब १ हजार जना प्रतिनिधि पोखरा पुगिसकेका छन्।

    आज र भोलि हुने अधिवेशनबाट नेतृत्व चुन्नेछन्। नेकपा एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले सकेसम्म सहमतिबाट नभए मेसिन भोटिङबाट नेतृत्व चयन हुने जानकारी दिए।