काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले साना बचतकर्ताहरुको लगानी सुसरक्षित गर्नुपर्ने बताएका छन। आज (सोमबा) काठमाडौंमा आयोजित धितोपत्र बजारको पूर्वाधार, उपकरण, लगानीकर्ताको व्यवहार र बजार स्थायित्व कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले सेयर बजारलाई स्वास्थ्यकर बनाउन आवश्यक भएको समेत बताए।
सेयर बजारलाई स्वास्थ्यकर बनाउन जरुरी छ। आम लगानीकर्ता साना साना बचतकर्ताहरू छन्। उहाँहरूको लगानी सुरक्षित गर्न आवश्यक छ’ उनले भने।
उनले यससम्बन्धी नियम कानुन अपुरो भएको भन्दै र त्यसलाई पूर्णता दिने काम भइरहेको बताए।
पहिलेको तुलनामा ब्रोकरहरू बढेको कारणले प्रतिस्पर्धाको सुरुवात गर्न पर्ने आवश्यकता देखिएको उनको भनाई छ।