विराटनगर– एमाले कोशी प्रदेशको अधिवेशनमा उपाध्यक्षसहित ४९ जना निर्विरोध निर्वाचन भएका छन्।
उपाध्यक्ष टीकाराम चेम्जोङसहित ४९ जना सदस्य निर्विरोध निर्वाचित भएका हुन्।
प्रमुख निर्वाचन अधिकृत चुडामणि आचार्यका अनुसार एक उपाध्यक्ष र ४८ सदस्य निर्विरोध निर्वाचित भएका छन्। अब चार पदाधिकारी र १६२ सदस्यका लागि निर्वाचन हुनेछ।
१६६ पदका लागि साझ सात बजेबाट सुरु गर्ने तयारी रहेको उनले बताए। एक पटकमा ३९ जनाले मतदान गर्ने व्यवस्था मिलाइएको मतदान केन्द्र व्यवस्थापन स्वयंसेवक प्रमुख रोहित कोइरालाले बताए।
प्रदेश अध्यक्षका लागि विनोद ढकाल र घनश्याम खतिवडा चुनावी मैदानमा छन्।
सचिवमा शैलेश लामा र राजकुमार भण्डारी उम्मेदवार छन्। उपसचिवमा खेम नेपाली, देवान राई र जलवर्षा राजवंशी उम्मेदवार छन्।