सङ्घ र प्रदेशमा सांसदको संख्या आधा घटाउँनु पर्छ : अर्जुननरसिंह केसी - Chaitanya News
  • 2026-11-16
  • 12:32:04
  • सोमबार,मंसिर ०१, २०८३
  • सङ्घ र प्रदेशमा सांसदको संख्या आधा घटाउँनु पर्छ : अर्जुननरसिंह केसी

    सङ्घ र प्रदेशमा सांसदको संख्या आधा घटाउँनु पर्छ : अर्जुननरसिंह केसी

    काठमाडौँ– नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सङ्घ र प्रदेशमा सांसदको संख्या घटाउनुपर्ने बताएका छन्। आज (आइतबार)काँग्रेस रूपान्तरण अभियान बागमती प्रदेशले राष्ट्रिय सभा गृहमा गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

    यस्तै उनले समानुपातिक निर्वाचन प्रणाली अहिलेको जस्तो राख्न नहुने समेत बताए। नेताका वरिपरिका र पार्टीलाई पैसा दिनेहरू समानुपातिक प्रणालीबाट सांसद बनेको उनको आरोप छ।

    ‘संविधानमा ठूलो परिवर्तनको आवश्यकता छ, जबसम्म समानुपातिक भन्ने भेटी चढाएका भरले सांसद हुने प्रवृत्ति रहन्छ तबसम्म पार्टी बन्दैन।’

    उनले संघीय संसद र प्रदेशहरूमा यति ठूलो संख्यामा सांसद आवश्यक नपर्ने बताए।

    ‘यति ठूलो संख्यामा सांसदहरू रहने सङ्घ र प्रदेश सभा चाहिँदैन,’ उनले भने, ‘सबैमा आधा(आधा गराए हुन्छ।’

    उनले समानुपातिकलाई राष्ट्रिय सभामा लैजान सकिने पनि बताए।

    उनले पार्टी विधान पनि परिमार्जन गरिनुपर्ने बताए। ‘सामूहिक नेतृत्व हुँदाहुँदै सभापतिले जे भन्यो त्यही हुने भने सभापति पद्धतिमा जाऔँ, क्रियाशील सदस्यबाट सभापति चुनौँ,’ उनले भने।

    उनले काँग्रेसलाई रूपान्तरण गर्नुपर्ने बेला आएको बताए।