काठमाडौं- नेपाली कांग्रेस गौरीगंगा नगरपालिका वडा नम्बर ६ को वडा कार्यसमितिको आयोजनामा शुक्रबार अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
गौरीगंगा नगरपालिका-६ को कठौतीस्थित समैजी सामुदायिक वन उपभोक्ता समितिको सभाहलमा भएको कार्यक्रममा नेपाली कांग्रेस गौरीगंगा नगरपालिका-६ का वडा सभापति एवम् वडा अध्यक्ष टेकबहादुर कुवँरको सभापतित्व एवं नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश महामन्त्री सुदूरपश्चिम प्रदेश सभा सदस्य मेघराज खडकाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य सुरत बहादुर रावत (डोटेली कान्छा), नेपाली कांग्रेस कैलाली जिल्ला सचिव नृप बहादुर सुनार विशिष्ट अतिथि रहेका थिए।
अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमको सहजीकरण सचिव सुनार र कांग्रेस नेता यज्ञनिधि कोइरालाले गरेका थिए। कार्यक्रममा काँग्रेस क्षेत्र नम्बर ४ का पूर्वसभापति दिनेश राज जोशी, कांग्रेस कैलाली-४ का सचिव बिष्णु भाट, कांग्रेस गौरीगंगा नगर सभापति पहल विक्रम चन्द, नेपाल सांस्कृतिक महासंघका केन्द्रीय सदस्य विष्णु भक्त खैर, कांग्रेसका पूर्ववडा सभापति पुरनसिंह कडायतलगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए।
कार्यक्रमको सञ्चालन कांग्रेस गौरीगंगा-६ का वडा सहसचिव आशिष उपाध्यायले गरेका थिए। कांग्रेस गौरीगंगा-६ का निवर्तमान वडा सभापति दानबहादुर कुवँरले स्वागत मन्तव्य ब्यक्त गरेका थिए।