राष्ट्रसंघमा नेपाल यसपटक देखिने गरी प्रस्तुत भएको छ : प्रधानमन्त्री - Chaitanya News
  • 2026-11-16
  • 12:38:02
  • सोमबार,मंसिर ०१, २०८३
  • राष्ट्रसंघमा नेपाल यसपटक देखिने गरी प्रस्तुत भएको छ : प्रधानमन्त्री

    राष्ट्रसंघमा नेपाल यसपटक देखिने गरी प्रस्तुत भएको छ : प्रधानमन्त्री

    काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघमा नेपाल यसपटक देखिने गरी प्रस्तुत भएको बताएका छन्।

    आज (आइतबार) संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणबारे प्रतिनिधि सभालाई जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्ड यस्तो बताएका हुन्।

    यस्तै उनले संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीस्तरमा भएको सहभागिताबाट नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन संयुक्त राष्ट्र संघ र अन्तराष्ट्रिय समुदायको सद्भाव हासिल गर्न पनि भ्रमण फलदायी भएको समेत बताए।

    नेपालमा द्दन्द्दबाट शान्तितर्फ रुपान्तरणको सफल उदाहरणलाई अन्तराष्ट्रिय समुदायले उचित मान्यता दिनुपर्ने, दिगो विकासका लक्ष्यहरुको कार्यान्वयन तथा जलवायु परिवर्तनका प्रभावहरुबारे नेपाल लगायत अति कम विकसित मुलुकहरुका चुनौति र तिनको सम्बोधनका लागि विश्व समुदायको ध्यानाकर्षण गराउन समेत नेपाल सफल भएको प्रधानमन्त्री प्रचण्डको भनाइ रहेको छ।

    संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन भदौ ३० गते अमेरिका गएका प्रचण्ड उतैबाट असोज ५ गते चीन भ्रमणमा गएका थिए। चीन भ्रमणबाट शनिवार स्वदेश फर्किएका प्रचण्डले आइतबार नै संसदलाई आफनो भ्रमणबारे जानकारी गराएका हुन्।

    चीनको भ्रमणले विगत चार वर्षदेखिको नेतृत्व तहबाट एक अर्को मुलुकमा भ्रम्ण नभएको स्थितिको अन्त्य गरेको प्रधानमन्त्री प्रच्ण्डले स्मरण गरे।

    ‘उच्चस्तरमा भएको दिपक्षीय वार्ताबाट छिमेकीहरुका संवेदनशील विषयहरुमा नेपालले पालना गर्दै आएको नीतिको पुनर्पुष्टि भएको छ, राजनीतिक तहमा विश्वासको वातावरण बनेको छ’ प्रधानमन्त्री प्रचण्डले भनेका छन्।

    व्यापार, लगानी तथा जनस्तरको सम्बन्ध विस्तारमा दिपक्षीय सहयोग र सहकार्यलाई तिब्रता दिने र नेपाल र नेपाली जनताप्रति चिनियाँ नेताहरुको सद्भावमा अभिवृद्धि भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ।