काठमाडौं– नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले जिल्ला शिक्षा कार्यालय ब्युताउन खोज्नु गलत भएको बताएका छन्।
आज (आइतबार) विद्यालय शिक्षा विधेयकको विरोध गर्दै प्रतिनिधि सभाको बैठकमा उनले यस्तो बताएका हुन्। यस्तै उनले जिल्ला शिक्षा कार्यालय ब्युताउनु प्रतिगमन नै भएको समेत बताए। यस सम्बन्धमा सरोकारवालाहरुले पनि विरोध गरिरहेका छन्।’
आधारभूत र माध्यमिक शिक्षलाई स्थानीय सरकार मातहत नै राखिनुपर्ने सांसद सुवालको माग रहेको छ।