प्रधानमन्त्री प्रचण्डले बोलाएको बैठक रास्वपाले बहिस्कार गर्‍यो - Chaitanya News
  • 2026-11-16
  • 12:37:27
  • सोमबार,मंसिर ०१, २०८३
  • प्रधानमन्त्री प्रचण्डले बोलाएको बैठक रास्वपाले बहिस्कार गर्‍यो

    प्रधानमन्त्री  प्रचण्डले बोलाएको बैठक रास्वपाले बहिस्कार गर्‍यो

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठक बहिस्कार गरेको छ।

    रास्वपा अध्यक्ष रवि लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टतटस् लेख्दै प्रधानमन्त्रीले बोलाएको कैठक मूल्य वृद्धिको विरोधमा बहिस्कार गरेको जानकारी दिएका छन्।

    नेपाल आयल निगमले गएरातिदेखि लागू हुने गरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २३५ रुपैयाँले मूल्य बढाउने निर्णय गरेको छ । यसैगरी डिजेल(मट्टीतेलमा प्रतिलिटर ६ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँको दरले मूल्य बढाइएको छ।

    यस्तो छ उनको स्टाटस्:
    चाडपर्वहरुको मुखमा आम उपभोक्ताहरुलाई मार पर्ने गरी सरकारले गरेको मूल्यवृद्धिप्रति हाम्रो गम्भीर आपत्ति छ। यसको विरोध स्वरूप आज प्रधानमन्त्री ज्युले बोलाउनु भएको बैठक हामीले बहिस्कार गरेका छौं । थप कार्यक्रमबारे जानकारी दिनेछौं।’