शिवम् सिमेन्ट्सको नाफा बढ्यो, ईपीएस कति? - Chaitanya News
  • 2026-05-14
  • 16:13:33
  • बिहिबार,बैशाख ३१, २०८३
  • शिवम् सिमेन्ट्सको नाफा बढ्यो, ईपीएस कति?

    शिवम् सिमेन्ट्सको नाफा बढ्यो, ईपीएस कति?

    कर्जा खबर, काठमाडौं

    शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा बढेको छ।

    गत असार मसान्तसम्ममा कम्पनीले १ अर्ब ३९ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.४१ प्रतिशत बढी हो। बिक्री आम्दानी बढेसँगै कम्पनीको नाफामा सुधार देखिएको छ।

    समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ६.७३ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको कुल आम्दानी ७ प्रतिशत बढेको छ भने कुल खर्च ४.७७ प्रतिशत बढेको छ।

    ४ अर्ब ४० करोड चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष समीक्षा अवधिमा ६.८० प्रतिशत बढेको छ।

    नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा कम्पनीको यस्तो आम्दानी ४ रुपैयाँ ९३ पैसा बढेर ३१ रुपैयाँ ६८ पैसा पुगेको छ।