सरकार र राहत शिक्षकबीच सहमति, आन्दोलन फिर्ता - Chaitanya News
  • 2026-07-16
  • 11:31:20
  • बिहिबार,आषाढ ३२, २०८३
  • सरकार र राहत शिक्षकबीच सहमति, आन्दोलन फिर्ता

    सरकार र राहत शिक्षकबीच सहमति, आन्दोलन फिर्ता

    काठमाडौं– सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच सहमति भएको छ। सहमतिसँगै शिक्षहरुको आन्दोलन फिर्ता भएको छ।

    सरकारले विद्यालय शिक्षा विधेयक संसदमा दर्ता गराएपछि नेपाल शिक्षक महासंघ ३ असोजदेखि विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएको थियो।

    सरकार र महासंघबीच ५ असोजमा भएको सहमतिमा राहत, अनुदान कोटामा कार्यरत शिक्षकको सिमित प्रतिस्पर्धासम्बन्धी व्यवस्थालाई एक पटकका लागि आन्तरिक तर्फ ७५ प्रतिशत कायम गर्ने उल्लेख थियो।

    सरकारले ल्याएको विधेयकमा ५० प्रतिशत भनिएको थियो । ७५ प्रतिशत बनाउने सहमतिप्रति असहमति जनाउँदै राहत शिक्षकहरुले आन्दोलन जारी राखेका थिए।