काठमाडौंमा पनि सडकमा डाक्टरहरूको प्रदर्शन ( हेर्नुहोस तस्वीरहरू) - Chaitanya News
  • 2026-11-16
  • 12:57:04
  • सोमबार,मंसिर ०१, २०८३
  • काठमाडौंमा पनि सडकमा डाक्टरहरूको प्रदर्शन ( हेर्नुहोस तस्वीरहरू)

    काठमाडौंमा पनि सडकमा डाक्टरहरूको प्रदर्शन ( हेर्नुहोस तस्वीरहरू)

    काठमाडौं– काठमाडौंमा शुक्रबार पनि डाक्टरहरूले प्रदर्शन गरेका छन्। कार्यस्थलमा सुरक्षाको माग गर्दै उनीहरुले नयाँबानेश्वर(माइतीघर सडकमा बसेरै प्रदर्शन गरेका हुन्।

    डाक्टरहरू माइतीघरबाट नयाँबानेश्वर चोकसम्‍म अएर सडकमै बसेर प्रदर्शन जारी राखेका छन्। उनीहरूले डाक्टरमाथिको कुटपिट बन्द गर, ‘प्रजनन् सम्बन्धी डाक्टरको जीवनको रक्षा गर’का नारा उनीहरूले सडकमै लगाएका छन्।

    अस्पतालहरुमा चिकित्सकहरुमाथि हातपात हुन थालेपछि आवासीय चिकित्सकहले केही दिनयता काठमाडौंमा विरोध प्रदर्शन गर्दै आएका छन्। बीच सडकमै विरोध प्रदर्शन गर्दा यातायात आवागमन प्रभावित हुने गरेको छ।