स्थानीय तहले बुझायो सरकारलाई कार्यविस्तृतीकरण परिमार्जन सम्बन्धी सुझाव प्रतिवेदन - Chaitanya News
  • 2026-11-16
  • 12:57:59
  • सोमबार,मंसिर ०१, २०८३
  • स्थानीय तहले बुझायो सरकारलाई कार्यविस्तृतीकरण परिमार्जन सम्बन्धी सुझाव प्रतिवेदन

    स्थानीय तहले बुझायो सरकारलाई कार्यविस्तृतीकरण परिमार्जन सम्बन्धी सुझाव प्रतिवेदन

    काठमाडौँ– स्थानीय तहले कार्यविस्तृतीकरण परिमार्जन सम्बन्धी बनेको सुझाव प्रतिवेदन सरकारलाई बुझाएको छ।

    नगरपालिका सङ्घका अध्यक्ष भीम ढुङ्गाना र गाउँपालिका महासङ्घकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले शुक्रबार संयुक्त रूपमा उक्त प्रतिवेदन निमित्त मुख्य सचिव एकनारायण अर्याललाई बुझाएका हुन्।

    संविधानमा उल्लेख भएपनि एकल र साझा अधिकार कार्यान्वयन हुन नसकेको, स्थानीय तहको अधिकार कार्यान्वयन गर्न नपाएको लगायतका विषय सुझाव प्रतिवेदनमा समेटिएको महासङ्घले जनाएको छ।

    यस्तै स्थानीय सरकार सञ्चालन ऐन अनुसार पालिकाको शासन सञ्चालन समस्या र समाधानका उपाय समेत प्रतिवेदनमा उल्लेख रहेको छ।

    प्रतिवेदन तयार गर्न पालिका सङ्घले नेपालगञ्ज, बर्दिबास र भरतपुरमा स्थानीय तहका पदाधिकारी, विज्ञहरूसँग छलफल समेत गरेको थियो।

    महासङ्घकी अध्यक्ष पाण्डेका अनुसार सुझाव प्रतिवेदनले कार्यविस्तृतीकरण प्रतिवेदन परिमार्जन गर्न संघीय सरकारलाई मद्दत पुग्ने बताइन्।