सार्वजनिक प्रशासनबाट सम्पादन गरिने कार्यक्रमहरूमा अनुगमन तथा मूल्याङ्कन गर्ने कार्यका लागि उपयोगमा ल्याइएको सार्वजनिक सुनुवाई के हो ? यसका चरणवद्ध क्रियाकलापहरू उल्लेख गर्नुहोस्। (५+५) १०
सर्वसाधारण र सार्वजनिक पदाधिकारी खल्ुला रुपमा एकैस्थानमा जम्मा भैनागरिकका तर्फबाट खास कार्यमा जानकारी र स्पष्टताको माग, विचार विमशर्, सुझाव, पृष्ठपोषण लिने तरिका सार्वजनिक सुनुवाई हो।
सार्वजनिक सुनुवाई सान्दर्भिक विषयमा गरिन्छ जहा सार्वजनिक चाख अतिक्रमण वा भ्रष्टाचार, अपव्यय हनेसंभावना रहको हन्छ।
सार्वजनिक कोषकोउदपयोग, जवाफदेहिता प्रवद्धर्न र खास विषयमा निष्कर्षमा पुग्न सार्वजनिक सुनुवाई गरिन्छ। Public Hearing is an open discourse in public place or discussion process on
the public concerns or themes/issues among the general public, stakeholders (right holders) and responsible officials (duty bearers) of organization and line
agencies –Nepal
Public hearing is perhaps the most widespread venue for public participation-Abby Williamson, Archon Fung
नगरिकहरूले आफ्नो धारणा राख्ने विस्तृत अवसर र मञ्च हो।
सामाजिक परिक्षणको अंग नै भएपनि यसमा सामाजिक परीक्षणमा भन्दा केही कुराभिन्न हुन्छन्।
– सेवा प्रदाता र सेवाग्राही वा नीति निर्माता र नीतिग्राही एकैस्थानमा आमनेसामने हुन्छन्।
– सीमित प्रतिनिधि वा गुण समूह मात्र नरही सर्वसाधारण संलग्न हुन्छन्।
– आमने सामने हाकाहाकी अन्तरक्रिया गरिन्छ।
– मौखिक हन्छ।
– प्रतिवेदनका औपचारिक प्रक्रिया नरहन पनि सक्छ।
जोन फरेष्टरका अनसार अठारौ सताव्दीबाट सार्वजनिक जग्गा प्राप्तिका सन्दर्भमा बलायतबाट शुरु भएको हो।
अमेरिकामा सहभागितात्मक बजेटका सन्दर्भमा यसको शुरुवात भएको हो।
विसौ सताव्दीको अन्ततिरबाट विकासमा नागरिकसमाज र गैरसरकारी संस्थाको उपयोग हुन थालेपछि सार्वजनिक सुनुवाईले महत्व पाउदै आएको छ।
अहिले यो विश्वका सवै लोकतान्त्रिक मुलुकमा आआफ्नै ढाँचा र नाममा प्रचलित छ। अमेरिकमामा ९७ प्रतिशत स्थानीय तहहरूमा यसको उपयोग छ।
नेपालमा उपभोक्ता समिति, वातावरण प्रभाव मूल्यांकन, सामाजिक प्रभाव मूल्यांकन, जग्गा प्राप्ति जस्ता कार्यहरूबाट शुरु भै विगत चार दशकदेखि जवाफदेहीता प्रवद्र्धनका लागि प्रचलनमा छ।
सार्वजनिक सुनुवाई संधै आवश्यक हुँदैन, यी अवस्थामा आवश्यक मानिन्छ :
सामाजिक परीक्षणको निष्कर्ष निकल्न
जल्दोवल्दो विषयमा निर्णय गर्न वा निष्कर्ष निकाल्न
सार्वसाधारणको माग हुदा
स्रोत साधारणकोअपचलन रोक्न वा सर्वसाधारणकोहित संरक्षण गर्न आवश्यक समयमा।
सार्वजनिक सुनुवाईका चरणहरू :
सामाजिक परीक्षणको निष्कर्ष। विषय बस्तुको पहिचान
समुदाय र सरोकारवाला परिचालन
सार्वजनिक सुनुवाईका लागि समूहको पहिचान
सुनुवाई क्रियाकलाप सञ्चालन
खास अवस्थामा विवाद व्यवस्थापन
नेपालमा यसको प्रचलन
– प्रजातन्त्र पुन प्राप्तिपछि छानिएको क्षेत्रमा अभ्यासमा रहेको।
– वातावरणीय प्रभाव मूल्यांकनको सन्दर्भमा कानूनी अवधारणा सहित प्रयोग।
– जग्गा प्राप्ति र पनस्थापना नीतिले पनि व्यवस्था गरेको छ।
– सगरमाथा सामुदायिक रेडियो, Antenne Foundation ले Radio Debate सञ्चालन गर्दै आएको।
– निजी क्षेत्रका टीभी च्यानलले सार्वजनिक सुनुवाई, सार्वजनिक सम्वादका नामममा सञ्चालन गर्दै आएका।
– राजाको प्रत्यक्ष शासनका समयमा प्रत्येक जिल्लामा महिनामा दुई पटक प्रजिअले सार्वजनिक सुनुवाई आयोजना गर्दै आएको। अहिले नियमित छैन।
– जटिल र गहन विषयमा धेरै ब्यक्तिको लिन विभिन्न नाममा आयोजना गरिदै आएको छ।
– विवीसीकोसाझा सवाल उदाहरणीय रहेको। डिजिटल टीभी र रेडियोकोसक्रियता।