शाखा अधिकृत चौथो पत्रको नमूना प्रश्नोत्तर - Chaitanya News
  • 2026-09-15
  • 21:07:21
  • मंगलबार,भाद्र ३०, २०८३
  • शाखा अधिकृत चौथो पत्रको नमूना प्रश्नोत्तर

    शाखा अधिकृत चौथो पत्रको नमूना प्रश्नोत्तर

    नयाँ सार्वजनिक व्यवथापनको प्रख्याती दिनदिनै वढ्दैछ। यसको औचित्य पुष्टि गर्दै यसलाई नेपालजस्ता मुलुकको सार्वजनिक व्यवस्थापनका क्षेत्रमा पनि उपयोग गर्न के गर्नुपर्ला ? मौलिक र व्यावहारिक
    तर्क दिनुहोस। (५+५) १०

    सत्तरीको दशकदेखि प्रशासन सुधारलाई संचरनात्मक सुधारको साँघुरो दृष्टिवाट मात्र नहेरी समग्र सार्वजनिक क्षेत्रको पुनर्संरचना र राज्यलाई Viable manager का रुपमा हेर्ने प्रवृत्तिलेस्थान पायो। नव्वको दशकमा आई पुग्दा प्रशासनकोवयै क्तिक क्षमता, विकास प्रशासन, कार्यविधि सरलीकरण जस्ता पक्षलाई एकाङ्की रुपमा नहेरी प्रशासन होइन व्यवस्थापन (Management not administration) भन्ने व्यवस्थापकीय संस्कार राज्य प्रणालीभित्र प्रवेश गराउने काम भयो।

    प्रशासनलाई व्यवस्थापनमा परिणत गर्नु भनेको आफैमा क्रान्तिकारी सोच हो। प्रशासन लोते (Plodding) भद्दा, भिमकाय तर कम उत्पादनशील, अन्तुर्मुखी प्रवृत्ति भएको, Bureasiss तथा Bureaupathology बाट आक्रान्त र घुमाउरो जवाफदेहिता रेखा (Blurred accountability chain) मा रहकाले प्रशासनका ग्राहक उसबाट सन्तुष्ट थिएनन् भने नीति निर्माताहरू पनि प्रशासनिक कार्यशलैको विकल्पको पक्षमा थिए। यस विकल्पलाई साथ दिन त्यस दशकमा प्रख्याती कमाएका यी वैचारिक अवधारणाले पनि मद्दत पुर्‍याएः

     कारोवार लागतको सिद्धान्त (Transaction cost theory)
     स्वामी सेवक सिद्धान्त (Principal Agent theory)
     सार्वजनिक चयनको सिद्धान्त (Public Choice theory)

    प्रशासनका ग्राहक सेवाग्राहीलाई विकल्प र अवसरको चयन, कार्यकुशल सेवा माग गर्ने अवसर र जसका लागि संस्था खडा भएको छ उनीहरू प्रति नै ती संस्था प्रत्यक्ष जवाफदेही हुनुपर्ने मान्यताले बल पाएकाले पनि सार्वजनिक क्षेत्रमा पनि व्यवस्थापनवादको सिद्धान्तलाई सीमित रुपमा उपयोग गर्न थालियो। क्रिष्ठोफर हुड तथा पिलट जस्ता प्रशासनविदलेयस वैचारिक अवधारणालाई विस्तृत रुप दिए। वैचारिक रूपबाट मात्र होइन, व्यावहारिक रुपमा पनि असीको दशकमा आइपुग्दा राज्यमाथि थुप्रै दवाव पर्न थाल्यो। ती दवावका स्वरुपहरू प्रमुखतः यस्ता थिए, जसका कारण सार्वजनिक क्षेत्रमा पनि निजी क्षेत्रमा अपनाइएको व्यवस्थापनवादलाई अपनाउने आधार बन्यो :

    – राज्यमाथि साधन स्रोतको दवाव (Fiscal pressure) भएकालेथोरैसाधनवाट धरै उपलब्धि (Do more with less) दिनुपर्ने आवस्था सिजर्ना भयो।
    – नागरिकहरू जनताबाट ग्राहक वनेकाले नागरिक दवाव (citizen pressure) पनि पर्न थाल्यो। त्यसैले सेवाको Best value पाउने अधिकार सर्वत्र स्वीकारियो।
    – राजनीतिज्ञहरू प्रशासन माथि असन्तुष्टि व्यक्त गर्न थाले। राजनैतिक समाजवाट आफ्ना मतदातालाई दिएका वाचाहरूको प्रत्यक्ष पुष्टिकरणका लागि संस्थात्मक प्रणाली र कार्य व्यवहार पनि उपयुक्त थिएन। यो राजनैतिक दवाव (Political pressure) को रुपमा देखियो।
    – चौथोदवाव अन्तराष्ट्रिय परिवेशकोहो। विश्वव्यापीकरण तथा सूचना प्रविधिकोतीव्र प्रसारले वातावरणका अवसरहरूको दोहन गर्न र जोखिम न्यूनीकरणका लागि Agile, Smarter, lean, भिबल प्रशासनको प्रयोग गर्नु पर्छ भने वहुराष्ट्रिय संस्था, नीति निर्माता र व्यावसायिक सञ्जालले प्रसार प्रसार गरे। त्यसैले राम्रा व्यवहारहरू (Best practices) को अनुकरण गर्ने प्रचलन पनि बढ्न गयो। र, निष्कर्ष के निकालियो भने एक ठाउँको Best practices अन्यत्र पनि र निजी क्षेत्रको Best practices सार्वजनिक क्षेत्रमा पनि त्यै रुपमा राम्रो हुन्छ।

    यसर्थ नव्वेको दशकमा आई नपुग्दै निजामती र सार्वजनिक क्षेत्रको व्यवस्थापन वीच कतिपय कुरामा समानता आइसकेको थियो। निजी क्षेत्रका उत्कृष्ट व्यवहारलाई सार्वजनिक क्षेत्रमा प्रत्यार्पण गर्ने प्रवृत्तिले गर्दा व्यवस्थापन भनेको एकै हो चाहे त्यो सार्वजनिक वा निजी क्षेत्रमा नै किन नरहोस भन्ने निष्कर्ष निकालियो।

    त्यसैले प्रशासनिक अवधारणा मात्र वदलिएको होइन कि भाषा, शैली तथा सफलताका सूचकहरू वीच पनि समानता देखियो।
    प्रमुखतः निजी क्षेत्रका उत्कृष्ट शैलीलाई सार्वजनिक क्षेत्रमा प्रवेश गराई प्रशासनलाई जनमुखी, नतिजामुखी तथा मूल्यवोधी वनाउने प्रक्रियाको नाम नै नयाँ सार्वजनिक व्यवस्थापन हो। यसकायी प्रमुख विशेषता रहका छन् :

     नतिजा तर्फको अभिमुखीकरण
     सानो, छरितो र कार्यमूलक सङ्गठन संरचना
     वजार अभिमुखीकरण
     व्यवस्थापन लचकता
     प्रत्यक्ष उत्तरदायित्व

    यसले उल्लेखित विशेषता माफर्त मूल्य सार्थकता (Value for money) को पुष्टि गर्दछ। यस अन्तर्गत पर्ने

    – मितव्यीता : सेवा/वस्तु उत्पादन/वितरणमा कम भन्दा कम साधनको प्रयोग।
    – कार्यदक्षता : उत्पादित वस्तु/वितरित सेवा र यसका लागि लागेको साधनको न्यून अनुपात
    – प्रभावकारिता : जनताको वास्तविक चयन वा सङ्गठनको उद्देश्य प्राप्तिको स्तरपूर्ण अवस्था।

    यी सवै कुरा सार्वजनिक क्षेत्रमा रहनु भनेको सार्वजनिक क्षेत्रमा पनि Market dynamice अपनाउनु हो। NPM को आदर्श प्रयोगकर्ता मुलुकहरूमा संगठन संरचनालाई एजेन्सीकरण गरी निर्धारित लक्ष प्राप्तिका लागि कार्यस्वायत्तता दिने गरिन्छ। यो कार्य सम्पादन करारको माथिल्लो स्वरुप हो। यस भित्र वस्तु तथा सेवा उत्पादन गरी निर्धारित उद्देश्य प्राप्तिका लागि व्यवस्थापनलाई नैस्वायत्तता दिने, कार्यसम्पादन परिसूचकको स्थापना गर्ने र सम्पादित कामको आधारमा व्यक्ति तथा निकायको मूल्याङ्कन गर्ने गरिन्छ। साथै जनतासंग प्रत्यक्ष उत्तरदायित्व निर्वाहका लागि उत्तरदायित्वका रखाहरू अधोमुखी मात्र होइन, उध्र्वमुखी र समतलीय रुपमा पनि निश्चित गरिन्छ र व्यवस्थापनलाई नतिजा एवं value for money प्रति संवेदनशील वनाईन्छ।

    यसले सिक्दै र गर्दै जाने (learning by doing) पद्धतिका आधारमा गल्ती तथा कमजोरीको निराकरण हनु गै ग्राह चाहनालाई अनुभूत तहमा नै पूरा गर्न सकिने अवस्था प्राप्ति हुन्छ भन्ने मान्यता राखिन्छ।

    के यसलाई सार्वजनिक क्षेत्रमा लागू गर्न सकिन्छ?

    के नाय सार्वजनिक व्यवस्थापन सार्वजनिक क्षेत्रमा पूरै रुपमा लागू गर्न सकिन्छ वा यो नै सवै खाले व्यवस्थापन प्रश्नको रामवाण (एउटै उत्तर) हो भन्ने विवाद र वहस चल्ने गरेको छ। यसका कतिपय पक्ष र प्रवृत्ति राम्रो देखिएको अष्ट्रेलिया, न्यूजिल्याण्ड, वेलायतको अनुभववाट प्रमाणित भएको छ भने त्यहीको अनुभवका आधारमा यी पक्षमा चुनौती पनि देखिएको छ:

     सरकारी सेवा मूल्यसंवोधी (cost effective) हुन्छ। त्यसैले hospital को सेवा hotel जस्तो देखिन्छ। अर्को शव्दमा नागरिक कल्याण र सामाजिक न्याय भन्दा आर्थिक पक्षमा ध्यन दिइन्छ।
     सवै नागरिक ग्राहक हुँदैनन, सवै क्षेत्रमा नागरिकलाई ग्राहकको व्यवहार गर्न पनि हुँदैन।
     मूल्य तिर्न नसक्नेका लागि NPM ले केही गदैन। त्यसैले Economic market मा सफल भएका कुराहरू Political market मा त्यै रुपमा लागू गर्न सकिदैन।
     राजनैतिक जवाफदेहितालाई वजार वा contract मा समर्पण गराउदछ।
     सार्वजनिक क्षेत्रका सेवाहरू व्यापारिक रुपमा मापन गर्न पनि सकिदैन। सकिए पनि निकै कठिन छ।
     राज्यलाई contract state मा पुर्‍याउदाको दीर्घकालिन दृष्टिकोणमा कस्तो असर पर्छ। सोको मूल्याङ्कन नगरिकनै धजयभि कयभि whole sole support गर्न उचित हुँदैन।
     सवै कार्यको अन्तिम जिम्मेवारी लिने संस्था राज्य हो। राज्यको क्षमता, संस्थात्मक संझना, राजस्वजस्ता पक्षमा यसले पार्ने प्रभाव पनि दीर्घकालिन रुपमा अनुकूल देखिँदैन।
     व्यवस्थापन सुधार सामाजिक परिवेशसँग compatibl नभए यसले विकृति पनि ल्याउछ। त्यसैले सवै खाले समाजमा एकै प्रकारको ढाँचा/शैली कार्यमूलक पनि हुदैन। जस्तो न्यूजिल्याण्डमा सफलता पाएको कार्यसम्पादन तलव जर्मनीमा त्यै रुपमा सफल भएन।

    उसो भए के गर्ने?

    नयाँ सार्वजनिक व्यवस्थापन राज्य वा यसको वैधानिकताको विकल्पमा आएको होइन जुन यदाकदा सोचिएको देखिन्छ। योराज्य प्रणालीलाई प्रभावकारी र जवाफदेही बनाई value for money को पुष्टि गर्ने Tools मात्र हो। त्यसैले यसको whole sole support वा rejection गरिनु नै अव्यावहारिक हुन आउछ। यसलाई हाम्रो संस्थात्मक setting र आवश्यकताका आधारमा मात्र प्रयोग गरिनु पर्दछ। पिलट तथा हुडले पनि यसलाई यही रूपमा लिएका छन्। यसर्थ हाम्रो सन्दर्भमा NPM लाई यी सन्दर्भमा अपनाउनु पर्दछ :

    • कार्य प्रणालीको निक्षेपण गरी सेवा लागत घटाउने सन्दर्भमा (स्थानीय तहर नागरिक संस्थामा)
    • छानिएका सेवा वितरण निकायलाई agencification गरी थप स्वायत्तता दिनुपर्ने क्षेत्रमा (सरकारी संस्थान, विकास वोर्ड र सेवा उत्पादक सरकारी निकायमा)।
    • हुलाक जस्तो public good लाई जनस्तरमा पुर्‍याउन हुलाकसेवालाई संस्थानीकरण गर्ने सन्दर्भमा।
    • कार्य सम्पदान तलव र प्रोत्साहनका लागि।
    • कार्य सम्पादन सूचक स्थापना गरी अन्तरनिकाय कार्य प्रतिस्पर्धा गर्न।
    • सङ्गठनमा नया सोच, कार्यशैली र व्यवहारलाई प्रोत्साहन गर्न, भित्र्याउन।
    • कार्य सम्पादन करार गर्नका लागि।

    निष्कर्ष

    नयाँ सार्वजनिक व्यवस्थापनले सार्वजनिक क्षेत्रको कार्य शैलीलाई प्रतिस्पर्धात्मक, कार्यमूलक, जवाफदेही एवं लागतप्रभावी पारी उद्देश्यमूलकतालाई जोड दिन्छ। यो राज्य पुनर्वोधको संयत्र पनि हो। तर यसलाई विना तयारी सवैक्षेत्रमा लागूगरिएमा संक्रमणमा देखिने समस्याका लागतले भने ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ।

    विगतको हाम्रो यस सन्दर्भको सीमित प्रयोगले पनि त्यसै भन्छ। त्यसैले आन्तरिक क्षमताको विकास गरी कार्यसंकृति निर्माण गर्ने साधनका रुपमा छानिएको क्षेमा मात्र यसलाई लागू गर्नु हाम्रा सन्दर्भमा श्रेयस्कर हुन्छ। प्रायत operational level मा यसलाई लागू गर्न सकिन्छ। तर केन्द्रको नियमन र कार्य सम्पादन अनुगमन क्षमता सुदृढ नपारी यसलाई प्रयोग गर्नु हुँदैन।

    प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal

    New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100