सुनको मूल्यमा गिरावट - Chaitanya News
  • 2026-09-08
  • 02:41:45
  • सोमबार,भाद्र २२, २०८३
  • काठमाडौँ । सुनको मूल्य आज १ हजार ४ सय रुपैयाँले घटेको छ ।

    आज सुनको मूल्य तोलामा १ लाख ९ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    हिजो पनि सुनको मूल्य तोलामा आठ सय रुपैयाँले घटेको थियो । केही दिनयता सुनको मूल्य लगातारजसो घटिरहेको छ ।

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।