सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार? - Chaitanya News
  • 2026-07-13
  • 14:41:55
  • सोमबार,आषाढ २९, २०८३
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

    काठमाडौं– आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोको तुलनामा सुनको मूल्य ८०० ले घटेर कारोबारमा आएको हो ।

    मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ छ। यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ४५० रुपैयाँ कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार २५० रुपैयाँ थियो।

    सुनको मूल्य घटेसँगै आज चाँदीको मूल्य पनि घटेको छ। महासंघले आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर कारोबारमा आएको हो। मूल्य घटेसँगै आज चाँदीको मूल्य तोलामा १३ सय ८५ रुपैयाँ कायम छ। हिजो चाँदीको मूल्य तोलामा १४ सय रुपैयाँ कायम थियो।