सेयर बजार १८.४५ अङकले बढ्यो - Chaitanya News
  • 2026-05-26
  • 20:13:20
  • मंगलबार,जेठ १२, २०८३
  • काठमाडौं– मंगलबार सेयर बजार १८.४५ विन्दुले बढेर २०२२.९१ अंकमा आएको छ। ५ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार हुँदा २ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। होटेल तथा पर्यटनबाहेक बाँकी सबै समूह बढेका छन्।

    गत साताको बिहीबार करिब ४४ अंकले बजार बढेपछि आइतबार र सोमबार भने करेक्सन आएको थियो। तर दुई दिनको करेक्सनपछि मंगलबार पुनसूचक बढेको हो। कारोबार रकम भने औसतमा रहेको छ।

    केही दिनयता विशेषगरी हाइड्रोपावर समूहमा चमक आइरहेको छ। हाइड्रोपावर समूहका कतिपय कम्पनीहरूमा सकारात्मक सर्किट लाग्ने गरी बढोत्तरी भइरहेका छन्। यसैगरी, बजारका लागि सकारात्मक खबरहरू पनि आइरहेका छन् । सरकार तथा नियामक निकायका पदाधिकारीहरूबीच बजार सुधारका विषयलाई लिएर छलफल र भेटघाटहरू पनि बाक्लिएका छन्।

    यस दिन २८६ कम्पनीको ८७ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ। ८ करोड ३४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआइसी एसिया बैंक अग्रस्थानमा परेको छ। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सन नेपाल लाइफ इन्सुरेन्स र रिलायबल नेपाल लाइफ इन्सुरेन्स परेका छन्।