चाडपर्व लक्षित बजार अनुगमन बढाउँदै वाणिज्य विभाग - Chaitanya News
  • 2026-05-26
  • 20:14:11
  • मंगलबार,जेठ १२, २०८३
  • चाडपर्व लक्षित बजार अनुगमन बढाउँदै वाणिज्य विभाग

    चाडपर्व लक्षित बजार अनुगमन बढाउँदै वाणिज्य विभाग

    काठमाडौं- चाडपर्व लक्षित बजार अनुगमनलाई वाणिज्य विभागले तीब्र पारेको छ। २ असोजदेखि सुरु भएको संयुक्त अनुगमनमा दैनिक १३ टोली परिचालन गरेर अनुगमन थालिएको विभागको भनाइ छ।

    बजार अनुगमनका लागि कुल १३ टोलीको कार्य विभाजन गरिएकोमा १० टोली दैनिक बजार अनुगमनमा खटिने र दुई टोलीले सूचना संकलन तथा विभागका आउने उजुरीको प्रशोधनमा काम गरिरहेको विभागले जनाएको छ।

    यस्तै एक टोली बजारमा देखिएको कैफियतको परीक्षण र प्रमाणीकरणमा काम गर्ने गरी खटाइएको छ।

    विभागका सूचना अधिकारी आनन्द पोखरेलले बजारमा दैनिक करिब ४० वटा फर्म तथा पसलको अनुगमन भइरहेको बताए।

    आइतबार कुल ३९ फर्ममा अनुगमन गरिएकामा १३ फर्मलाई नगद जरिवाना तिराइएको विभागले जनाएको छ। शनिबार ४४ वटा फर्ममा अनुगमन भएको थियो।

    विभागले ठूला चाडपर्व लक्षित अनुगमनका लागि स्थानीय तह र जिल्ला प्रशासन कार्यालयहरुलाई पनि निर्देशन दिइसकेको छ।

    उपभोक्ता संरक्षण ऐनले हरेक जिल्लाको साहयक प्रमुख जिल्ला अधिकारीलाई बजार अनुगमन अधिकृत तोकेको छ।