आज सुनचाँदीको मूल्य स्थिर - Chaitanya News
  • 2026-07-13
  • 14:41:13
  • सोमबार,आषाढ २९, २०८३
  • काठमाडौँ– आज सुनचाँदीकोमूल्य स्थिर कायम रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज हिजो आइतबारकै मूल्यमा कारोबार भइरहेको छ।

    हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम थियो आज सोमबार पनि यही मूल्यमा कारोबार भएको हो।

    शुक्रबारको तुलनामा हिजो आइतबार सुनको मूल्य १०० रुपैयाँले बढेको थियो। यसबाहेक आज चाँदीको मूल्य समेत स्थिर कायम रहेर कारोबारमा आएको छ । यससँगै, आज चाँदीको मूल्य प्रतितोला १४ सय ३० रुपैयाँ छ। हिजो चाँदीको मूल्य ५ रुपैयाँ बढेको थियो।