आज राष्ट्र बैंकले १८ अर्ब ७१ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने - Chaitanya News
  • 2026-05-26
  • 20:14:10
  • मंगलबार,जेठ १२, २०८३
  • आज राष्ट्र बैंकले १८ अर्ब ७१ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने

    आज राष्ट्र बैंकले १८ अर्ब ७१ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने

    काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (सोमबार) १८ अर्ब ७१ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ। बैंकले असोज ९ गते मंगलबार जारी गर्नेगरी २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिमको कूल १८ अर्ब ७१ करोड२५ लाख रुपैयाँ बराबरको ट्रेजरी बिक्री गर्ने भएको हो।

    तथापि, नयाँ नभएर पुरानो ट्रेजरीको नवीकरण गर्ने केन्द्रीय बैंकले जनाएको छ। राष्ट्र बैंकका अनुसार २८ दिने ट्रेजरीका लागि ८ अर्ब रुपैयाँ, ९१ दिनका लागि १० अर्ब ११ करोड २५ लाख रुपैयाँ र १८२ दिनका लागि ६० करोड रुपैयाँ बराबरको ट्रेजरी नवीकरण गरिने छ।

    इच्छुक बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिल खरिदका लागि सोमबार दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन्। यसअघि केन्द्रीय बैंकले असोज १ गते १६ अर्ब८३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो।