शेखर कोइरालाले भने: विद्यालय बन्द गरेर शिक्षकहरू सडकमा आउन बाध्य हुनु दुर्भाग्य - Chaitanya News
  • 2026-11-16
  • 14:41:49
  • सोमबार,मंसिर ०१, २०८३
  • शेखर कोइरालाले भने: विद्यालय बन्द गरेर शिक्षकहरू सडकमा आउन बाध्य हुनु दुर्भाग्य

    शेखर कोइरालाले भने: विद्यालय बन्द गरेर शिक्षकहरू सडकमा आउन बाध्य हुनु दुर्भाग्य

    काठमाडौँ– नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले शिक्षकहरू विद्यालय बन्द गरेर सडकमा आउन बाध्य हुनु दुर्भाग्य भएको बताएका छन्। आज (शुक्रबार) शिक्षकहरुो जारी आन्दोलनका सन्दर्भमा आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले शिक्षकहरूले उठाएका मागहरू संवेदनशील रहेको भन्दै त्यसबारे सरकारलाई जिम्मेवार बन्न र तुरुन्त समस्या समाधान गर्न समेत ध्यानाकर्षण गराए।

    कोइरालाले दक्ष जनशक्ति उत्पादनमा तल्लो कक्षाबाटै राम्रो शिक्षा दिनुपर्ने पनि बताएका छन्।

    ‘शिक्षकहरूका मागहरू केही व्यवहारिक, कानुनी र संवैधानिक छन्। दक्ष जनशक्ति उत्पादनमा तल्लो कक्षाबाटै राम्रो शिक्षा दिनुपर्छ। व्यवहारिक कारणले त्यसो हुन सकेको देखिन्न। यस्ता मागहरू तुरुन्त सम्बोधन गरौँ, ‘कोइरालाले अघि लेखेका छन्, ‘कानुनी रूपमा शिक्षा क्षेत्र सबल गराउन शिक्षकहरूको भूमिकाको उच्च मूल्याङ्कन गर्दै विधेयकमा आवश्यक प्रावधान समेटौँ र यो आन्दोलन आजै सहमतिमा टुङ्ग्याऔँ।