काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा बिहीबार तोकिएको पुनरावेदन सुनुवाइ हेर्न नभ्याइने भएको छ।
पाटन उच्च अदालतमा ध्रुवराज नन्द र राज्यलक्ष्मी बज्राचार्यको इजलासमा पेशी तोकिएको थियो। अन्य मुद्दाको सुनुवाइका कारण हेर्न नभ्याइने भएको हो।
नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिल कार्यालयसहित २० जनाको पुनरावेदन निवेदन परेको छ। यसअघि जिल्ला अदालत काठमाडौँले १६ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरेको थियो।