केन्द्रीय कार्यसमितिमा छुटेका नेताहरूलाई पार्टीको महासमितिमा समेट्छौँ : सभापति देउवा - Chaitanya News
  • 2026-11-16
  • 14:41:39
  • सोमबार,मंसिर ०१, २०८३
  • केन्द्रीय कार्यसमितिमा छुटेका नेताहरूलाई पार्टीको महासमितिमा समेट्छौँ : सभापति देउवा

    केन्द्रीय कार्यसमितिमा छुटेका नेताहरूलाई पार्टीको महासमितिमा समेट्छौँ : सभापति देउवा

    काठमाडौँ– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिमा छुटेका नेताहरूलाई पार्टीको महासमितिमा समेट्ने बताएका छन्।

    आज (बिहीबार) सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

    यस्तै उनले छुटेका नेताहरूलाई महासमितिमा समेटेर लैजाने आश्वासन पनि दिए। ‘केन्द्रीय कार्यसमितिमा केही साथीहरूलाई मनोनीत गरिएको छ। ठाउँ कम छ, त्यसैले धेरै साथीहरू छुट्नुभएको छ,’ उनले भने, ‘छुटेका नामहरू तपाईँहरूले पनि भन्नुहोला, महासमिति सदस्यमा अरू साथीहरूलाई अटाउँला।

    काँग्रेसको विधानबमोजिम हरेक दुई महिनामा कम्तीमा एक पटक केन्द्रीय कार्यसमितिको बैठक बस्नुपर्ने प्रावधान छ। सभापति देउवाले १४ औँ महाधिवेशनपछि पहिलो पटक विधानबमोजिम समयमै केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन्।