आज सुनको मूल्य घट्यो, चाँदीको बढ्यो - Chaitanya News
  • 2026-07-15
  • 07:32:11
  • बुधबार,आषाढ ३१, २०८३
  • आज सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

    आज सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

    काठमाडौं– आज नेपाली बजारमा सुनको मूल्य बढेको जानकारी दिएको छ। नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो।

    हिजो सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको थियो। आज तोलामा ३०० रुपैयाँले घटेपछि छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ छ।

    हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार २५० रुपैयाँ थियो। यस्तै, आज चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको छ। यससँगै, आज चाँदीको मूल्य तोलामा १४ सय १० रुपैयाँ छ। हिजो चाँदीको मूल्य तोलामा १४ सय ५ रुपैयाँ थियो।