वर्तमान संविधान सबैको साझा दस्ताबेज हो र यसमा नागरिकका सबै अधिकार स्थापित भएको छ : मुख्यमन्त्री कार्की - Chaitanya News
  • 2026-11-16
  • 14:51:04
  • सोमबार,मंसिर ०१, २०८३
  • वर्तमान संविधान सबैको साझा दस्ताबेज हो र यसमा नागरिकका सबै अधिकार स्थापित भएको छ : मुख्यमन्त्री कार्की

    वर्तमान संविधान सबैको साझा दस्ताबेज हो र यसमा नागरिकका सबै अधिकार स्थापित भएको छ : मुख्यमन्त्री कार्की

    काठमाडौँ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वर्तमान संविधानमा नागरिकका अधिकार स्थापित भएका बताएका छन्।

    आज (बुधबार)नवौँ संविधान दिवसको अवसरमा कोशी प्रदेश सरकारले आयोजना गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा ‘संविधान दिवस(२०८०’ मूल समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले नेपालको वर्तमान संविधान सबैको साझा दस्ताबेज हो र यसमा नागरिकका सबै अधिकार स्थापित भएको समेत बताए।

    मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको राजनीतिक अवस्था अहिले गम्भीर मोडमा रहेको बताउँदै लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति वितृष्णा फैलिन नदिन राजनीतिक दलहरू गम्भीर भएर सोच्नुपर्ने धारणा राखे।

    उनले संविधानमा स्थापित नागरिक अधिकारलाई कार्यान्वयन गर्न स्थापना भएको सङ्घीयतालाई बलियो बनाउनुपर्ने धारणा राख्दै लोकतन्त्र स्थापनामा सहिद भएकाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।