‘माओवादी पार्टी टुक्रँदा असफल भएको हो, मिलेर गए एक्लै जितिन्छ’ : मातृका यादव - Chaitanya News
  • 2026-11-16
  • 14:56:09
  • सोमबार,मंसिर ०१, २०८३
  • ‘माओवादी पार्टी टुक्रँदा असफल भएको हो, मिलेर गए एक्लै जितिन्छ’ : मातृका यादव

    ‘माओवादी पार्टी टुक्रँदा असफल भएको हो, मिलेर गए एक्लै जितिन्छ’ : मातृका यादव

    काठमाडौँ–  नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा तीन महिने अभियानका कर्णाली प्रदेश इन्चार्ज मातृका प्रसाद यादवले माओवादी पार्टी टुक्रँदा असफल भएको बताएका छन्। आज (बुधबार) जुम्लाको सदरमुकाम खलङ्गामा भएको पार्टी विस्तार बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

    यस्तै उनले यस तीन महिने अभियानले माओवादी साँच्चिकै रूपान्तरण हुन पर्नेमा समेत जोड दिए।कर्णालीमा माओवादीले ध्यान दिए हरेक जिल्ला एक्लै लडेर जित्ने सम्भावना रहेको उनको भनाइ थियो।