लुम्बिनीका मुख्यमन्त्री चौधरीले भने: सङ्घीयता फेल भयो भने केन्द्र सरकारकै कारणले हुन्छ - Chaitanya News
  • 2026-11-16
  • 14:54:29
  • सोमबार,मंसिर ०१, २०८३
  • लुम्बिनीका मुख्यमन्त्री चौधरीले भने: सङ्घीयता फेल भयो भने केन्द्र सरकारकै कारणले हुन्छ

    लुम्बिनीका मुख्यमन्त्री चौधरीले भने: सङ्घीयता फेल भयो भने केन्द्र सरकारकै कारणले हुन्छ

    काठमाडौँ– लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सङ्घीयता फेल भयो भने केन्द्र सरकारकै कारणले फेल हुने बताएका छन। आज (बुधबार) संविधान दिवसका अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयले आयोजना गरेको कायैक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले प्रदेश सरकारले जनचाहना अनुसार काम गर्न केन्द्र सरकारको मुख ताक्नुपर्ने अवस्था रहेको समेत बताए।

    उनले संविधानले दिएका अधिकार पनि संघीय सरकारले प्रदेश र स्थानीय तहलाई दिन नचाहेको बताए।

    सङ्घीयता फेल भयो भने केन्द्र सरकारकै कारणले हुन्छ’, उनले भने, ’अधिकार बाँडफाँटमा संकुचित हुनुभएन । जे–जे लेखिएको छ त्यही अनुसार काम गर्न पाउनुपर्छ ।’

    मुख्यमन्त्री चौधरीले संविधान कार्यान्वयन गर्न सबै निकायहरू बीचमा समन्वय र सहकार्य हुनुपर्ने बताएका छन्।