चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ४.३ प्रतिशत हुने एडीबीको प्रक्षेपण - Chaitanya News
  • 2026-05-26
  • 19:00:25
  • मंगलबार,जेठ १२, २०८३
  • चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ४.३ प्रतिशत हुने एडीबीको प्रक्षेपण

    चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ४.३ प्रतिशत हुने एडीबीको प्रक्षेपण

    काठमाडौं– चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशत हुने प्रक्षेपण एशियाली विकास बैंक (एडीबी) ले गरेको छ। गत आर्थिक वर्षमा १.९ प्रतिशत आर्थिक वृद्धिदर रहेकोमा चालु आर्थिक वर्षमा सुधार हुने प्रक्षेपण एडीबीले गरेको हो।

    सेवा क्षेत्र, रियल इस्टेट गतिविधि बढ्ने अपेक्षा एडीबीले गरेको छ। सरकारले भने ६ प्रतिशतको आर्थिक वृद्धिको लक्षयसहित बजेट ल्याएको थियो। गत आर्थिक वर्षमा ७.७ प्रतिशत रहेको मुद्रास्फीति चालु आर्थिक वर्षमा भने केही नियन्त्रण भई ६.२ प्रतिशत हुने एशियाली विकास बैंकले अनुमान गरेको छ। गत आर्थिक वर्षमा ७ प्रतिशतभित्र मुद्रास्फीति कायम राख्ने लक्ष्य लिएकोमा लक्ष्यभन्दा बढी मुद्रास्फीति पुगेको थियो।

    सरकारले चालु आर्थिक वर्षमा मुद्रास्फीति ६.५ प्रतिशतभित्र कायम गर्ने लक्ष्य लिएकोमा नेपाल राष्ट्र बैंकले पनि सोही अनुसार मौद्रिक नीति तर्जुमा गरेको छ।

    एडीबीले बुधबार राजधानीमा एक कार्यक्रम गरि सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा सरकारको चालु खाता भने गत वर्षको तुलनामा केही बढ्ने प्रक्षेपण सार्वजनिक गरेको हो।

    गत आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनको १.४ प्रतिशत घाटामा रहेको चालु खाता चालु आवमा १.८ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ।

    चालु आर्थिक वर्षको पहिलो महिनामा भने चालु खाता ३३ महिनापछि बचतमा गएको तथ्यांक नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ।