देशमा भएका अस्थिरताका कारण सिंगो प्रदेशवासीमा वितृष्णा पैदा भयो : मुख्यमन्त्री कार्की - Chaitanya News
  • 2026-11-16
  • 14:54:54
  • सोमबार,मंसिर ०१, २०८३
  • देशमा भएका अस्थिरताका कारण सिंगो प्रदेशवासीमा वितृष्णा पैदा भयो : मुख्यमन्त्री कार्की

    देशमा भएका अस्थिरताका कारण सिंगो प्रदेशवासीमा वितृष्णा पैदा भयो : मुख्यमन्त्री कार्की

    काठमाडौँ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशमा भएका अस्थिरताका कारण सिंगो प्रदेशवासीमा वितृष्णा पैदा भएको बताएका छन्।

    आज (बुधबार) संविधान दिवसको अवसरमा विराटनगर स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।यस्तै उनले संघीयता कार्यान्वयनका लागि सहमति र सहकार्य गर्नुको विकल्प नभएको समेत बताए।

    आवश्यक कानुनको अभावमा संघीयताको मर्म र भावना अनुसार काम हुन नसकेकाले संघीयता कार्यान्वयनका लागि कानुन निर्माणमा जोड दिनुपर्ने उनले बताएका छन्। कोशी प्रदेशका राजनैतिक, आर्थिक र सामाजिक समस्या निराकरणका लागि प्रदेश सभामा रहेका राजनैतिक दलहरू बीच सहमति र सहकार्य आवश्यक रहेको उनको भनाइ छ।

    कार्यक्रममा संविधान कार्यान्वयनको अवस्था, चुनौती र समाधान विषयक निबन्ध प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई नगद र प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरू, उपसभामुख, प्रदेश सांसद, उच्चपदस्थ कर्मचारीहरू, सुरक्षाकर्मीहरू, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो।