सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार? - Chaitanya News
  • 2026-05-26
  • 18:59:44
  • मंगलबार,जेठ १२, २०८३
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ– आज बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको हो।

    यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार २५० रुपैयाँ छ। हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ४५० रुपैयाँ थियो।

    सुनको मूल्य लगातार तेस्रो दिन बढेपछि आज घटेको हो। आइतबार सुनको मूल्य ५०० रुपैयाँले बढेको थियो भने सोमबार २०० र मंगलबार पुनः ५०० रुपैयाँले बढेको थियो।

    सुनको मूल्य घटेको दिन आज चाँदीको मूल्य समेत घटेको छ। तोलामा ५ रुपैयाँले घटेसँगै चाँदीको मूल्य प्रतितोला १४ सय ५ रुपैयाँ कायम छ।