काठमाडौँ– एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस नेपालीको भविष्यको गोरेटो भएको बताएका छन। आज (बुधबार) संविधान दिवस (राष्ट्रिय दिवुस) २०८० को विशेष अवसरमा नेकपा एमालेले आयोजना गरेको नक्साल नारायण चौरमा राष्ट्रिय झण्डासँग सेल्फी कायैक्रममा बोल्दै उनले जनताको साझा उपलब्धि र गौरवको साझा दिवस रहेको भन्दै वर्तमान संविधान नै नेपाली जनताको भविष्यको गोरेटो भएको बताए।
यस्तै उनले राष्ट्रिय दिवसको रूपमा मनाइँदै गरेको संविधान नेपाल र नेपाली जनताको उपलब्धि भएको समेत बताए।
उनले भने, ‘जसरी राष्ट्रिय दिवसको रूपमा संविधान मनाइरहेका छौ। यो सरकारी दिवस होइन यो त सरकारको पनि दिवस हो,आम नेपाली जनताको दिवस हो। नेपालको उपलब्धि हो। नेपाली जनताको उपलब्धि हो। नेपालको भविष्यको गोरेटो हो यो संविधान।
ओलीले संविधान कुनै एक वर्ग,जाति, भूगोल विशेषको मात्र नभएर मेची महाकाली देखि विदेशमा रहेका सम्पूर्ण नेपालीको साझा गौरवको विषय भएको बताए।
‘यो दिवस एउटा पार्टी विशेषको दिवस होइन। एउटा विचार,जाति,भूगोल,पेशा व्यवसाय विशेषको दिवस होइन यो त सम्पूर्ण नेपाली जनता मेची महाकाली देखि प्रवासमा जहाँ भएपनि नेपाली जनताको साझा उपलब्धिको साझा दिवस हो।
साझा गौरवको साझा दिवस हो। सिङ्गो राष्ट्रको राष्ट्रिय दिवस हो’ ओलीले भने।