संविधान दिवसको अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष समारोह आयोजना (तस्वीरहरु) - Chaitanya News
  • 2026-05-25
  • 08:48:31
  • सोमबार,जेठ ११, २०८३
  • संविधान दिवसको अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष समारोह आयोजना (तस्वीरहरु)

    संविधान दिवसको अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष समारोह आयोजना (तस्वीरहरु)

    काठमाडौं– संविधान दिवसको अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ।

    टुँडिखेलमा आयोजित समारोहमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिएको छ। नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुका साथै शान्तिको प्रतीक सेतो परेवा उडाइएको थियो।

    समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्री, सांसद, कर्मचारी, सुरक्षा अंगका प्रमुखलगायत सहभागी छन्।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड न्यूयोर्कमा र सभामुख देवराज घिमिरे आयरल्याण्डमा रहेकाले संविधान दिवसको मूल समारोहमा सहभागी छैनन्।

    समारोहलाई सम्बोधन गर्दै कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले संविधान जारी भई संविधानका आधारस्तम्भहरु क्रमशः सबल बन्दै गएसँगै देशमा राजनीतिक स्थायित्व कायम भएको बताएका छन्।

    अबको कार्यसूची सुशासन, समृद्धि र सामाजिक न्याय भएको पनि उनले बताए। त्यसैले भौतिक पूर्वाधारका साथै आर्थिक र सामाजिक पूर्वाधार निर्माणमा जोड दिँदै नेपाली जनताको विकासप्रतिको अभिलाषालाई यथाशीघ्र साकार तुल्याउन सबै जुट्नुपरेको खड्काको भनाइ छ।