काठमाडौँ– न्याय परिषद्ले नवनियुक्त न्यायाधीशहरुको पदस्थापन गरेको छ। न्याय परिषद्को गत शुक्रबारको बैठकले नवनियुक्त न्यायाधीशहरुको पदस्थापन गरेको सूचना सोमबार सार्वजनिक गरेको हो।
न्याय परिषद्का अनुसार नवनियुक्त उच्च अदालतको न्यायाधीशहरुमा श्याम कुमार भट्टराई, ब्रजेश प्याकुरेल, चन्द्रमणि ज्ञवाली, प्रकाश खरेल, कृष्णराम कोइराला र नारायणप्रसाद रेग्मीलाई उच्च अदालत पाटनमा पदस्थापन गरिएको छ।
त्यसैगरी न्यायाधीशहरु धनसिंह महरा र राजुकुमार खतिवडालाई उच्च अदालत पोखरामा पदस्थापन गरिएको छ।
त्यस्तै न्यायाधीशहरु राधाकृष्ण उप्रेती र अर्जुन अधिकारीलाई उच्च अदालत जनकपुरको राजविराज इजलासमा पदस्थापन गरिएको छ भने हरिश्चन्द्र ढुङ्गाना, ऋषिराम निरौला, योगेन्द्रप्रसाद साह, खडानन्द तिवारी, मोहनराज भट्टराई र अर्जुन महर्जनलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा पदस्थापन गरिएको छ।
न्यायाधीश कविप्रसाद न्यौपानेलाई उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासमा पदस्थापन गरिएको छ भने स्वीकृति पराजुली, पुण्यशिला दवाडी घिमिरेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पदस्थापन गरिएको छ।
न्यायाधीश काजीबहादुर राईलाई उच्च अदालत सुर्खेतमा पदस्थापन गरिएको छ।
न्यायाधीश रितेन्द्र थापालाई उच्च अदालत विराटनगरमा पदस्थापन गरिएको छ भने न्यायाधीश विनोदकुमार पोखरेललाई उच्च अदालत जनकपुरमा पदस्थापन गरिएको छ। न्यायाधीश सुशिल कोइराला उच्च अदालत विराटनगरको धनकुटा इजलासमा पदस्थापन भएका छन्।
न्यायाधीश अचुतम कुमार आचार्यलाई उच्च अदालत तुलसीपुरमा पदस्थापन भएका छन् भने न्यायाधीश गोविन्द जोशी उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासमा पदस्थापन भएका छन्। यञ बहादुर राना मगरलाई उच्च अदालत पोखराको बागलुङ इजलासमा पदस्थापन गरिएको छ।


