कर्मचारी र शिक्षकलाई तलब खुवाउन नसक्ने अवस्थामा सांसदहरूको संख्या घटाउनुपर्छ : चन्द्र भण्डारी - Chaitanya News
  • 2026-11-16
  • 15:08:32
  • सोमबार,मंसिर ०१, २०८३
  • कर्मचारी र शिक्षकलाई तलब खुवाउन नसक्ने अवस्थामा सांसदहरूको संख्या घटाउनुपर्छ : चन्द्र भण्डारी

    कर्मचारी र शिक्षकलाई तलब खुवाउन नसक्ने अवस्थामा सांसदहरूको संख्या घटाउनुपर्छ : चन्द्र भण्डारी

    काठमाडौँ– नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले प्रदेश र सांसदहरुको संख्या घटाउनुपर्ने बताएका छन। आज (मंगलबार) विद्यालय शिक्षा विधेयकमाथि अनेरास्ववियूको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले प्रदेश र मन्त्रीहरूको संख्या घटाउन अभियान चलाउन ढिलाइ भइसकेको समेत बताए।

    उनले कर्मचारी र शिक्षकलाई तलब खुवाउन नसक्ने अवस्थामा सांसदहरूको संख्या घटाउनुपर्ने बताए।

    उनले भने, ‘यतिधेरै प्रदेश बनाएका छौँ। यति धेरै मन्त्री बनाएका छौँ। कर्मचारी र शिक्षकहरूलाई तलब खुवाउने पैसा छैन। अब हामीले प्रदेशको संख्या घटाऔँ, सांसदको संख्या घटाऔँ भनेर अभियान चलाउनुपर्छ समानुपातिकमा विज्ञहरूलाई नै माथिल्लो सदनमा लैजाऔँ त्यहीबाट मन्त्री बनाऔँ भनेर अभियान चलाउन आवश्यक छ।’