संविधान कार्यान्वयनमा दलहरू चुकेका छन् : कृष्णप्रसाद सिटौला - Chaitanya News
  • 2026-11-16
  • 15:08:02
  • सोमबार,मंसिर ०१, २०८३
  • संविधान कार्यान्वयनमा दलहरू चुकेका छन् : कृष्णप्रसाद सिटौला

    संविधान कार्यान्वयनमा दलहरू चुकेका छन् : कृष्णप्रसाद सिटौला

    काठमाडौँ– नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयनमा दलहरू चुकेको बताएका छन्। आज (मंगलबार) नेकपा एमालेलेआयोजना गरेको मंगसुवास र संविधान’ विषय प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले संविधान जारी भएयता दलहरुबीचको समझदारी टुटेकाले संविधान कार्यान्वयनमा ढिलाइ हुन गएको तर्क पनि गरे।

    तत्कालीन माओवादीलाई शान्ति वार्तामा ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका सिटौलाले नेम्वाङले नेपालको संविधान निर्माणमा अतुलनीय योगदान पुर्‍याएको बताए। उनले संविधान जारी हुन नदिनका लागि अनेकौँ दबाब आएपनि त्यसलाई शान्त ढङ्गले प्रतिरोध गर्दै नेम्वाङले संविधान जारी गर्न अत्यन्तै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए। माओवादी शान्ति वार्तामा आएपछि पनि अन्तरिम संविधान निर्माणमा नेम्वाङको भूमिका नेतृत्वदायी रहेको उनको भनाई थियो।

    नेता सिटौलाले नेम्वाङको संयोजनकारी, समन्वयकारी भूमिका संविधान कार्यान्वयनमा पनि आवश्यक हुँदाहुँदै उनको निधन हुनु मुलुकका लागि अपूरणीय क्षति भएको समेत बताए।